ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय पक्राउ

मोरङ । भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिव लाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ ।

ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा -१ लंकाटोल स्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग ५७ काटुन, पलपल ४० काटुन, सोफीका ३७ काटुन, हरपल १५२ काटुन र कार्टुनमा प्याक नभएको १९९५ बोतल मदिरा बरामद गरेको हो ।

उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेका भारितय नम्बर प्लेटको WB.20 Z.1087 नम्बरको कार र ४ वटा मोटरसाईकल सहित निज शिबलाल रायलाई पक्राउ गरिएको हो । पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..