तरकारीको बोरामा लागूऔषध तस्करी गर्ने २ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागूऔषध अनरेक्स र नाइट्रोभेट ट्याबलेटसहित २ जनालाई पक्राउ गरेको छ । दुई जना मध्ये एक जना भारतीय नागरिक छन् । भारतको उत्तर प्रदेश राज्य गोरखपुर जिल्ला पोखरा गाउँका ५५ वर्षीय रमेश दास र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बस्ने २९ वर्षीय रामकुमार देउजा पक्राउ परेका हुन् ।

आइतबार दिउँसो १२ बजेको समयमा वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुको साथबाट लागूऔषध अनरेक्स १ सय एमएलको ५० बोतल र १० पत्ता ३ सय ट्याबलेट बरामद गरेको थियो ।

तरकारी हालेको बोराभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।‘तरकारी व्यापारी पनि हैनन्, घरायसी प्रयोगका लागि पनि हैन,’ डीएसपी खनालले भने ‘ एउटा बोरामा काउली, सागहरु राखेको रहेछन् । त्यसको मुनि उनीहरुले लागूऔषध लुकाएका रहेछन् । खोजतलास गर्दा भेट्टाउन सफल भयौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..