शान्ति सुरक्षा मजबुत बनाउन नागरिक अगुवासँग सिडियो पोखरेल

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी ( सिडीयो ) फणिन्द्रमणि पोखरेलले जिल्लामा देखिएको समस्या र तीनको समाधान बारे स्थानिय संचारकर्मी, राजनीतिकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग छलफपल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भएर आएको भोली पल्टै सोमबार आफ्नो निवासमा जिल्लाका सरोकारवालासँग जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे उनले छलफल गरेका हुन् । शान्ति सुरक्षा, विकास निर्माण, बाढी, कार्यालयहरुबाट छिटो छरितो सेवा प्रवाह लगायतका विषय समेटिएर गरिएको छलफलबाट प्राप्त सुझावलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउने सो अवसरमा प्रजिअ पोखरेलले प्रतिबद्धता जनाए ।

समाचारलाई सूचनाको रुपमा समेत लिने बताएका उनले त्यस उपर पनि आवश्यक कदम चालिने जनाए । चुनौती धेरै रहेपनि यसको ब्यवस्थापनका लागि उठाइने कदममा उनले सरोकारवालाको सहयोग पनि मागेका छन् ।

तथ्यगत सूचना दिएर भ्रष्टाचार, अनियमितता तथा आपराधिक गतिविधी नियन्त्रणमा सघाउ पु-याउनु स्थानिय समुदायको पनि दायित्व र जिम्मेवारी हुने प्रजिअ पोखरेलको भनाई थियो । सबै नागरिकसँग एकैपटक साक्षात्कार हुने नसकेपनि सामाजिक अगुवा, संचारकर्मी, राजनीतिककर्मीसँग भेटघाट गरि स्थानिय प्रशासन र जनताबीचको बास्तविक सम्बन्ध मजबुत बनाउने प्रयास स्वरुप भेटघाट र छलफल कार्यक्रम गरिएको उनले बताए ।

छलफलमा सहभागिहरुले जिल्लाका प्रमुख समस्या र तिनको समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायहरु बारे आ–आफ्नो सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..