एजेन्सी । विश्वमा तस्करीका धेरै तरिकाहरू सुनिएका छन् । तर, के तपाईंले कहिल्यै मृतक सैनिकको शवमार्फत ड्रग्स तस्करी भएको सुन्नुभएको छ ? यदि, छैन भने तपाईंले अमेरिकाका सबैभन्दा खतरनाक ड्रग तस्कर फ्रयाङ्कलुकासबारे सुन्नु भएको छैन । फ्रयाङ्क लुकास त्यही ड्रग डिलर हुन्, जो आफ्नो काम पूरा गर्नका लागि कुनै पनि हदसम्म जान सक्थे ।
चाहे आफ्नो कामका लागि उनले कसैको ज्यान नै लिन किन नपरोस् । लुकासले गरेका तस्करीलाई अहिलेसम्मकै सबैभन्दा ठूलो संगठित अपराध मानिन्छ ।


- सानै उमेरदेखि अपराधसँग नाता
९ सेप्टेम्बर १९३० मा अमेरिकाको नर्थ क्यारोलिनमा फ्रयाङ्कको जन्म भएको थियो । उनको बाल्यकाल निकै कठिन थियो । ऊ बस्ने ठाउँमा गरिबी र अपराध ठूलो थियो । दैनिक रुपमा कहीं न कहीं चोरी र हत्या हुने गरेको थियो । यस्तोमा फ्रयाङ्क पनि यस्तो माहौलमा फसे ।
६ वर्षको छँदा आफ्नै अगाडि दाजुलाई केही व्यक्तिहरुले मारेको विभत्स घटना फ्रयाङ्कले प्रत्यक्ष देखे । भनिन्छ, यस घटनापछि फ्रयाङकको जिन्दगी पुरै बदलिएको थियो । घरमा कमाउने व्यक्ति कोही नभएकाले उनको जिन्दगी बिस्तारै मुस्किल बनिरहेको थियो, त्यसपछि घरको हालत सुधार्नका लागि फ्रयाङ्क आफैं अघि सर्नुप¥यो । सानै हुँदा उनले भोक मेटाउनका लागि पहिलो पटक खाना चोरे । फ्रयाङ्कको आपराधिक दुनियाँ सयर यहीबाट सुरु भएको थियो । समयसँगै यो बढ्दै गयो । फ्रयाङ्कले लगातार चोरी गर्न थाले । कहिले पसलहरुबाट सामान, त कहिले रक्सी खाएकाहरुको गोजीबाट उसले पैसा चोर्न थाले ।
यसरी चोर्दा उनको जिन्दगी पुरै तरिकाले नबदलिए पनि उनको परिवार भोकै बस्नु परेन । फ्रयाङ्कलाई यसरी नै आफ्नो काम चलाउँछु भन्ने लागेको थियो, तर सधैं यसरी चल्नेवाला थिएन । केही समयमै फ्रयाङ्कको जिन्दगीमा एक नयाँ मोड आयो ।
फ्रयाङ्क एक ठाउँमा जागिर गर्थे । एक दिन मालिक त्यस पसलमा नभएको मौका पारेर उनले ४ सय डलर गरे । यसपछि मालिकले पुलिसलाई उजूरी गरे, अनि पुलिस फ्रयाङ्कको घर पुगे ।
पुलिसबाट बच्नका लागि फ्रयाङ्क तुरुन्तै भागे र फेरि फर्किएर कहिल्यै घर आएन ।
- १५ वर्षसम्म ड्राइभर बनेर अपराध सिके
घरबाट भागेपछि फ्रयाङ्क सिधा न्युर्योकको हार्लेम लाग्यो । ती दिनहरुमा न्यूयोर्कमा अपराध बढिरहेको थियो र दैनिक नयाँ–नयाँ अपराधी आइरहेका थिए । फ्रयाङ्क त्यस्ता अपराधीहरुमध्ये एक थिए । न्यूयोर्क आएपछि ठूलो स्तरको अपराध कसरी गर्ने भनेर उनले सिके । विस्तारै–बिस्तारै उनी अपराधका काला–अध्येरा गल्लीहरुमा जान लागिसकेका थिए । यी गल्लीहरुमै उनको भेटघाट त्यस समयको एक ठूलो ग्याङ्गस्टार जोनसनसँग भयो ।
जोनसनले फ्रयाङ्कलाई आफ्नो निजी ड्राइभर बनाए । अमेरिकाको ठूलो ग्याङस्टारको ड्राइभर बन्नेछु भनेर फ्रयांकले सोचेका थिएनन् । ड्राइभर भएकाले फ्रयाङकले हरेक ठाउँमा जोनसनलाई साथ दिनुपरेको थियो । यसकारण उनले अपराधको दुनियाँलाई निकै नजिकबाट नियाल्न थाले । उनले हरेक साना कुरालाई ध्यान दिएर सिकिरहेका थिए ।
जोनसन आफैंले पनि फ्रयाङकलाई अपराधको दुनियाँको वास्तविकता बताउँथे । जोनसनसँग बसेका कारण फ्रयाङ्कलाई धेरै मानिसहरुले चिन्न थालिसकेका थिए । अपराधीहरुमाझ उनको ठूलो नाम चलिसकेको थियो ।
झन्डै १५ वर्षसम्म फ्रयाङ्कले यसरी नै ड्राइभरको नोकरी गर्दै रहे । १९६८ मा अचानक हृदयघातका कारण जोनसनको मृत्यु भयो र फ्रयाङ्कले आफु नयाँ जोनसन बन्ने निर्णय लिए ।
- यसरी खडा भयो ड्रग्सको साम्राज्य
जोनसनको मृत्युलगत्तै उनको सबै कारोबार फ्रयाङ्कले आफ्नो हातमा लिए । जोनसनले सुरु गरेको ड्रग्सको कारोबारलाई नयाँ उचाइमा पुु¥याउने फ्रयाङ्कको चाहना थियो । उनले अमेरिकामा ठूलो परिमाणमा ड्रग्सको तस्करी गर्न थाले । अमेरिकाका हरेक गल्लीहरुमा भट्किएर हिँडेका युवाहरुलाई ड्रग्स बेचियो, हेरोइनको नशामा जो कोही चुर हुन थाले ।
ड्रग्सको धन्दामा तिव्र रुपमा पैसा कमाइरहेपनि फ्रयाङ्कको मन भरिएन, उनी अझै धेरै पैसा कमाउन चाहन्थे । उसको ड्रग्सको आधा कमाई बिचौलियाले खाने गरेका थिए । किनकी, ती बिचौलियाहरुले नै ड्रग्सलाई बाहिरी देशहरुबाट फ्रयाङ्कसम्म पु¥याइदिन्थे । फ्रयाङ्कलाई बिस्तारै बिचौलियाहरुसँग घृणा जाग्न थाल्यो । ड्रग्सको पैसा आफूबाहेक अन्यले लगोस् भन्ने उनी चाहँदैन थिए।
त्यसैले सबैभन्दा पहिले उनले बिचौलियताहरुलाई आफ्नो बाटोबाट हटाउन सुरु गरे । अब ड्रग्सको यो धन्दामा रगत बग्न थाल्यो । ठाउँ–ठाउँमा लाश भेटिन्थ्यो।
यहीकारण फ्रयाङ्कका दुश्मनहरु पनि बढेका थिए, तर उनलाई केही कुराको पनि डर थिएन । उनको चाहना त विलासी जिन्दगी बिताउने थियो ।
बिचौलियालाई हटाएपछि फ्रयाङ्कले सिधैं डिलरहरुबाट ड्रग्स किन्न थाले र छोटो समयमै उनले आफ्नो ड्रग्स साम्राज्य खडा गरे ।
- सैनिकको शवमा पनि भरियो ड्रग्स
बिचौलियाहरुलाई मारेपछि फ्रयाङ्कले धेरै हदसम्म ड्रग्स मार्केटमा आफ्नो हात पारेका थिए। यद्यपि, उनकोे दिल अझै भरिएको थिएन । किनकी, अमेरिकी पुलिस बिस्तारै–बिस्तारै ड्रग्स रोक्ने काममा लागेका थिए । यस्तोमा बाहिरबाट अमेरिकामा ड्रग्स लैजान फ्रयाङ्कलाई मुस्किल भइसकेको थियो । पुलिसले उनका धेरै ड्रग्स पक्रिसकेको थियो । आखिर के गर्दैछु भन्नेबारे फ्रयाङ्कलाई कुनै जानकारी थिएन ।
उनले तस्करीका केही त्यस्तो तरिका ल्याउनु थियो, जसबारे कसैले केही सोच्न नसकोस् । फ्रयाङ्कको ड्रग्स दक्षिण एशियाबाट बनेर आउथ्यो । ती दिनहरुमा भियतनाम युद्ध चलिरहेको थियो, जसकारण दक्षिण एशियाका डिलरले पनि ड्रग्स पठाउन सकेका थिएनन् ।
फ्रयाङ्कले सिधैं उनीहरुसामु पुगेर आफ्नो काम गर्नेबारे सोचे । उनी थाइल्यान्ड गए र त्यहाँका डिलरसँग ‘ब्लु म्याजिक’ नामक एक ड्रग्स किन्न लागे । ब्लु म्याजिक एउटा त्यस्तो ड्रग थियो, जो ९८ प्रतिशत शुद्ध थियो र त्यसमा अन्य केही पदार्थ मिसाइएको हुँदैन थियो ।
ड्रग्स सेवनकर्ताहरु यस्तो ड्रग्सका लागि मागेको रकम तिर्न तयार हुन्थे । तर, त्यस्तो ड्रग्सलाई सबैको आँखाबाट जोगाएर अमेरिकासम्म कसरी लैजाने भन्ने विषय चुनौतीपूर्ण थियो ।
यसको समाधानबारे फ्रयाङकको दिमागमा आएको योजना जोकोहीलाई हैरान बनाउने खालको छ । फ्रयाङ्कले केही भ्रस्ट अमेरिकी अफिसरहरुलाई आफूतर्फ ताने र सहिद भएका सबै सैनिकहरुको लासमा ड्रग्स लुकाउने व्यवस्था मिलाए । किनकी, कुनै पनि सहिदको शव जाँच हुँदैन थियो ।
एकपटक जब फ्रयाङ्कको यो योजना सुरु भयो । तब, उनको ड्रग्सको व्यापार हेर्दाहेर्दै यति तेजसँग बढ्यो कि जोकोही हेरेको हे¥यैं भए । भियतनाममा सहिद हुने सैनिकहरुको लाशसँगै अमेरिका ड्रग्स जान थाल्यो ।
फ्रयाङ्कले झन्डै ५ सय सहिदहरुको लाशमा यसरी तस्करी गरेका थिए । यस कामबाट उनी यति धेरै धनी बने कि उनले कुनै समय एकैदिनमा १० लाख डलर पनि कमाए ।
- यसरी अन्त्य भयो माफियागिरी
फ्रयाङ्कको ब्लु म्याजिक ड्रग्स अमेरिकामा निकै तेजसँग फैलिरहेको थियो । त्यो बाँकी हेरोइनभन्दा निकै असरदार थियो र युवाहरुले ठूलो रुपमा यसको प्रयोग गर्ने गरेका थिए । यसका कारण धेरै युवाहरुको ज्यान गयो किनकी उनीहरु ओभरडोजको शिकार भएका थिए ।
यस कुराले अमेरिकी पुलिसको ध्यान खिच्यो । उनीहरुलाई लागेको थियो कि यदि ड्रग्सको यो कारोबारलाई रोक्न सकिएन भने अमेरिकामा लाशै–लाश हुनेछ ।
यसपछि प्रहरीले निकै तेजसँग ड्रग्सको कारोबारलाई बन्द गर्न सुरु ग¥यो । जब यो कारबाही अघि बढ्यो, तब फ्रयाङ्कको नाम पनि अगाडि आयो । १९७५ जनवरीमा उनको घरमा छापा मारियो । छापा मार्ने क्रममा फ्रयाङ्कको घरबाट ठूलो परिमाणमा ड्रग्स र धेरै पैसा बरामद भयो । त्यसपछि फ्रयाङलाई हिरासतमा राखियो र केही समयपछि ७० वर्षको जेलसजाय तोकियो ।
किनकी, ड्रग्स कारोबार गरेर उसले सयौं युवाहरुको ज्यान लिएका थिए । फ्रयाङ्क जेल परेसँगै ड्रग्सको उनको साम्राज्य डुब्यो । आज पनि फ्रयाङ्कले जेलमै आफ्नो जिन्दगी काटिरहेका छन् ।
अपराध जतिसुकै राम्रोसँग किन नगरियोस्, एक दिन अपराधी समातिने नै छ । फ्रयाङ्कले निकै राम्रोसँग ड्रग्सको कारोबार चलाएका थिए । तर पनि त्यसको पर्दाफास भएरै छाड्योे । यद्यपि, अपराधको दुनियाँमा आज पनि फ्रयाङ्क निकै कुख्यात नाम हो ।