लहानमा शक्शिाली बम विस्फोट,महिलासहित आठ घाईते
गोइतले लिए जिम्मा तर पुष्टिको आधार के ?

  • दिनेश्वर गुप्ता

सिरहा । सिरहाको लहान ८ स्थित रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा महिलासहित आठ घाईते भएको छ । आज दिउँसो १२ बजेर ४० मिनेट जाँदा कार्यालयको माथिलो तल्लामा भएको बम विस्फोटमा धनगढीमाई ४ बस्ने दिनेशकुमार भण्डारीको अवस्था गम्भिर रहेको छ भने उनको थप उपचारको लागि एयर एम्बुलेन्समार्फत काठमाण्डौं पठाइएको छ ।


सिरहाको विष्णुपुर ३ बस्ने सोही मालपोत कार्यालयमा कार्यरत नासु शिवकुमार यादवको समेत गम्भिर अवस्था रहेकोले थप उपचारको लागि विराटनगर पठाइएको छ । यसैगरी गोलबजार ४ बस्ने फुलकुमारी, गोलबजार ६ बस्ने लक्ष्मीराणा मगर ,गोलबजार ६ बस्ने बेचनी मगर, लहान १६ तरेगना बस्ने लालबहादुर, भगवानपुर ३ बस्ने बद्रीनारायण यादव र धनगढीमाई १३ बस्ने भोलाबहादुर पाँचेमगर घाईते छन् ।


घाईतेहरुको लहान स्थित राउ स्मारक अस्पताल र सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । राउ स्मारक अस्पतालमा उपचार भइरहेका घाईतेका अभिभावक सम्पर्कमा नआएकोले प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले अस्पतालपक्षलाई सम्पूर्ण औषधी, एक्सरे निःशुल्क गर्न फोनसम्पर्कमा निर्देशन दिएको छ ।
उपचारको लागि अस्पतालपक्षले रकम माग गरेपछि नेपाल पत्रकार महासँघ सिरहा शाखाका सभापति दिनेश्वर गुप्ताले मन्त्री साहलाई सम्पर्क गरी उपचार निःशुल्क गर्न गराउँन आग्रह गरेका थिए । बम विस्फोटले कार्यालयको झ्यालको सिसा समेत फुटेको छ । सम्भवत लहानमा यस्तो शक्तिशाली बम पहिलो चोटी विस्फोट भएको हो ।


मालपोत कार्यालय लहान पुगेकी सेवाग्राही प्रत्यक्षदर्शी गोलबजार निवासी अरुहुलीयादेवी साहले ‘थाहा भएन, एक्कासी विस्फोट भयो ।’ ‘भगाभाग भयो ।’‘कालो धुवाँले पुरे आँफिस भरियो ।’‘ज्यान बचाएर म पनि भागे ।’‘सयौं सेवाग्राही थियो ।’‘मान्छेमाथी माछे भगाभाग भयो ।’ ‘अन्धयारो नै अन्धयारो’ उनी डराउँदै बताइन् ।

यसैबीच, जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले जिम्मा लिएको एक विज्ञप्तीमा उल्लेख छ । तर, यसको पुष्टि हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..