Breaking news…..गोइत समूहले लहान मालपोत कार्यालमा बम विस्फोट गराएको खुलासा

  • गौरभ साह

सिरहा । सिरहाको लहान नगरपालिका – ८ स्थितमा रहेको मालपोत कार्यालय लहानमा केहिसमय अघि बम विस्फोटस्थलबाट जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा भेटिएको छ । बम विस्फोट भएको कार्यालयको पहिलो तल्ला स्थित मुठ फाँट नजिक टुक्रा टुक्रा भएको मोर्चाको पर्चा भेटिएको हो ।

विस्फोटक पदार्थ रहेको झोलामै उतm पर्चा राखिएको थियो वा अन्य ठाउँमा यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पर्चामा अध्यक्ष को तलातिर जयकृष्ण गोइतको हस्ताक्षर छ । पर्चामा लेखिएका हरफहरु प्रष्ट पढ्न नसकिनेगरी टुक्रा टुक्रा भएका छन । टुक्रा टुक्रा परेको पर्चा जाडेर प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।

विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिवकुमार यादवलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भैरहेको एसपी सुदिप राज भण्डारीले बताए । घाइते यादवलाई हेलिकप्टरबाट थप उपचार लागि काठमाडौं पठाउँदै छौं, उनले भने । अहिलेसम्मको जानकारी अनुसार उनको अवस्था गम्भीर छ । हेलिकप्टर मगाएका छौं उनले भने । नायब सुब्बा शिव कुमार यादव, सेवाग्राही धनगढीमाइ १३ भोला बहादुर पाछे मगर, धनगढी ४ का दिनेश कुमार भण्डारीको अवस्था चिन्ताजनक रहेको छ, गोलबजार ४ की फुल कुमारी ठाकुर, गोलबजार ६ की बेचनी मगर, लक्ष्मीनारायण मगर, लहान नपा– १६ तरेगनाका लाल बहादुर बिक, भगवानपुर ३ आव्हेनगर बद्री नारायण यादवलगायत ९ जनालाई उपचारका लागि लहान अस्पताल र सप्तरिशी अस्पतालमा भर्ना गरिएको एसपी भण्डारीले बताए ।

भींडभाड भएको बेला कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजीक कुकर बम विस्फोटक भएको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ(कुकर बम) कतिबेला कसले राखेको बारे केहि खुल्न सकेको छैन । विस्फोटबाट कार्यालयमा आगलागी भएको थियो । लहान नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रण गरेको छ । घटनास्थलमा सुरक्षाकर्मीको उपस्थित बाक्लो बनाइएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय लहानबाट एक सय मिटर उत्तरमा छ । इलाका प्रहरी कार्यालयको सम्मुने व्यस्त स्थानमा भएको विस्फोटले लहानबासीलाई त्रसित बनाएको छ ।
यसै बिच बम विस्फोटक हुँदा लहान प्रहरी ढिलो गरि आएको भन्दै उपस्थित सेवाग्राही,लेखनदास तथा कर्मचारीहरु प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..