प्रम ओलीद्वारा देशका ७ सय ५३ स्थानीय तहका सडक कालोपत्रे गर्न आज उद्घाटन गरिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशका ७ सय ५३ वटै स्थानीय तहमा छिटोभन्दा छिटो कालोपत्रे सडक सञ्जाल विस्तारको उद्घाटन गर्ने भएका छन् । आज बालुवाटारबाट प्रधानमन्त्री ओलीले कालोपत्रे सडक सञ्जाल विस्तार कार्यक्रम उद्‌घाटन गर्ने बताइएको छ ।

देशका सबै स्थानीय तहमा कालोपत्रे सडक पुर्‍याउने उद्देश्यसाथ प्रधानमन्त्री ओलीले सडकहरूको एकैचोटी उद्घाटन गर्न लागेको जनाइएको छ । बालुवाटारमा विहान ११ बजे प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सडक निर्माणकार्य उद्घाटन गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु) मा हस्ताक्षर गरिने बताइएको छ । हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू गरिने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..