उपाध्यक्ष रावलको प्रश्न – प्रम ओलीले बालुवाटारमा गुटबन्दी गर्न हुने तर म पेरिसडाँडा जान नहुने ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का उपाध्यक्ष भीम रावल नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) को स्थायी कमिटीको बैठक चलिरहेका बेला शनिबार पेरिसडाँडा पुगे। नेता रावल नेकपा ( माओवादी केन्द्र ) को बैठकमा सहभागी हुन पुगेपछि विभिन्न कोणबाट टिकाटिप्पणी भयो। 

तर, उपाध्यक्ष रावलले आफूले राजनीतिक बिषयमा छलफल गर्नका लागि पेरिसडाँडा पुगेको स्पष्टीकरण दिएका छन्। 

नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष रावलले भने, ‘म पेरिसडाँडा किन नजाने? एक सशक्त पार्टी माओवादी केन्द्रसँग कुराकानी गर्न जान नहुने? केपी शर्मा ओलीले चाहिँ बालुवाटारमा गुटबन्दी गरेर आफ्नो मान्छे राखिराख्ने? अनि हामीले चाहिँ किन कुरा गर्‍याे? किन गयो भनेर प्रश्न गर्ने?’

उनले माओवादीको बैठकमा पुगेर सरकारको समर्थन तत्काल फिर्ता नलिन बताएको बुझिएको छ। तर, माओवादी केन्द्रले भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको माओवादी नेताहरुलाई २४ घण्टाभित्र राजीनामा दिएर फर्किन निर्देशन दिएको छ। 

‘पेरिसडाँडामा पुगेर अहिलेको राजनीतिक बिषयमा कुराकानी गरेको हुँ’ उपाध्यक्ष रावलले भने, ‘बाँकी के बिषयमा कुराकानी भयो भने म समय आएपछि भनौँला।’

तर, माओवादी नेता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष रावल आफ्नो व्यक्तिगत कामको लागि मात्रै आएको दाबी गरेका थिए।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..