नेपाली चालकमाथि दुर्व्यवहार गर्ने महिलामाथि पर्‍यो अर्को मुद्दा,यसअघि तीनपटक पक्राउ परिसकेको रेकर्ड

एजेन्सी । प्यासेन्जरलाई मास्क लगाउन अनुरोध गर्दा ट्याक्सी चालक शोभाकर खड्कामाथि दुर्व्यवहार गर्ने महिलामाथि अर्को मुद्दा पनि दायर भएको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि अर्ना किमाई र मलेसिया किङ नामका दुई युवतीले दुर्व्यवहार गरेका थिए।

ती मध्ये इरानी मुलकी किमाईविरुद्ध गाडी ठोक्काएर एक महिलालाई घाइते बनाएको आरोपमा मुद्दा दायर भएको हो। फेब्रुअरी २०१९ मा किमाईले गाडी मोडेर अर्को गाडीलाई ठक्कर दिँदा उक्त गाडीमा रहेकी महिला सख्त घाइते भएकी थिइन्। अदालतमा दायर गरिएको मुद्दामा गाडीको क्षतिपूर्ति, उपचार खर्च र आम्दानी गुमेको क्षतिपूर्ति दावी गरिएको छ।

यतिमात्र हैन ती महिलाले हाइवेमा १ सय २२ माइल प्रतिघण्टाको गतिमा गाडी चलाएको भिडियोसमेत सार्वजनिक भएको छ। यो गैरकानुनी कुदाई हो।

यसअघि तीन पटक पक्राउ!

अर्ना विगतमा पनि पटकपटक पक्राउ परेको देखिएको छ। ती महिला सन् २०१५ मा एकपटक र २०२० मा दुईपटक पक्राउ परेको प्रहरी रेकर्डमा उल्लेख छ।

सन् २०१५ मा अरुको सामान जबर्जस्ती लिएको अभियोगमा लस एन्जलसबाट पक्राउ परेकी थिइन् उनी। त्यस्तै सन् २०२० को फेबु्रअरी १२ मा अरेन्ज काउन्टीको प्रहरीले उनलाई चोरीको अभियोगमा पक्राउ गरेको थियो। त्यस्तै सन् २०२० कै जुलाई १६ मा उनी अरुको गाडी विना अनुमति लिएर हिडेको अभियोगमा पक्राउ परेकी थिइन्।

२४ बर्षकी अर्नाले नेपाली उबर चालकमाथि खोक्ने, फोन खोस्ने, मास्क च्यात्नेमात्र हैन अपशब्दसमेत प्रयोग गरेकी थिइन्।

उबरले यो घटनापछि अर्नाको एकाउन्ट खारेज गरिदियो र उनीमाथि प्रतिबन्ध लगाइदियो। त्यसपछि ती युवतीले अब लिफ्ट चढ्ने घोषणा गरेकी थिइन्। तर लिफ्टले पनि ती युवतीमाथि प्रतिबन्ध लगाइदिएको छ।

के भएको थियो घटना?

गत मार्च ७ तारेखमा चालक खड्काले पछाडि सिटमा रहेकी एक महिलालाई मास्क लगाउन अनुरोध गरेपछि विवाद भएको हो।

मास्क लगाउन अनुरोध गर्दा आक्रामक बनेकी अर्नालेले चालक खड्काको मुखबाट मास्कमात्र फुस्काइनन् उनको मोबाइल समेत लिने प्रयास गरिन्। खड्काले महिलाले मास्क नलाएको देखेपछि नजिकैको ग्यास स्टेसनमा गएर किन्न अनुरोध गरेका थिए।

आक्रोशित महिलले ट्याक्सी छोडेर जाने बेलामा आँखा पोल्ने धुलो प्रहार गरेको खड्कालाई उदृत गर्दै सन फ्रान्सिस्को प्रहरी प्रवक्ताले बताएका छन्। हफपोस्टले जनाएअनुसार आप्रवासी चालक खड्काले आफ्नो रंगभेदका कारण आफूमाथि दुर्व्यवहार भएको जनाएका छन्।

खड्काले पछिल्लो सिटमा बसेका तीन जनामध्ये एक जना महिलाले मास्क लगाएकी थिइनन्। उनलाई मास्क लगाउन अनुरोध गरेपछि विवाद सुरु भएको हो। महिलाले मास्क लगाउन मानिनन्। चालक खड्काले गाडी ग्यास स्टेसनतिर लगे ता कि ती महिलाले मास्क किनुन् र चढुन्। तर ग्यास स्टेसन पुग्नुअघि नै उनीमाथि दुर्व्यवहार भयो।उनीहरु गाडीबाट उत्रिए र एकजना महिला फर्केर गाडीको झ्यालमा पुगिन् र धुलो छ्यापेको प्रहरीले जनाएको छ।


ट्याक्सीका ती यात्रुहरुको पहिचानका लागि प्रहरीले सर्वसाधारणलाई सहयोग मागेको छ। कोभिड १९ संक्रमणसँगै अमेरिकामा एसियाली मुलका नागरिकमाथि दुर्व्यवहार बढेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..