विभिन्न हातहतियार सहित एकपक्राउ


बाँके । राप्ती सोनारी गाउँपालिका-५ जबरपुर बस्ने ६८ वर्षीय ऋषिराम थारुलाई दुईनाले १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक २ थान, १२ बोरको खोका ३८ वटा, काटेको गोली १२ वटा, बारुद १ केजी, फलामको नाल २ थान, चित्तलको सिङ ४ वटा र बदेलको दाँत १ वटा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले ऋषिरामको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही कार्यालयबाट खटिएको प्रहरीले ऋषिरामका भाइ लाल बहादुर थारुको घर तलासी गर्दा १ थान कटुवा पेस्तोल, थ्रीनटथ्री राईफलको गोली २ थान, एसएलआर राईफलको गोली १ थान र भरुवा बन्दुकको खाली नाल १ थान फेला पारी बरामद गरेको छ ।

हाल फरार लाल बहादुरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..