बलात्कार र करणी प्रयासमा तीन जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले जर्बजस्ती करणी र करणी प्रयास गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका-३१ बस्ने २२ वर्षीय अनिल कुशवाहा, सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ बस्ने १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका-४ बस्ने १९ वर्षीय अविशेक दास थारु पक्राउ परेका हुन् ।
छुट्टाछुट्टै घटनामा संलगन रहेको आरोपमा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कुशवाहा र यादवविरुद्ध जबर्जस्ती करणीको र थारुविरुद्ध जबर्जस्ती करणी उद्योगमा संलग्न भएको आरोप लागेको छ ।
आरोप अनुसारकै मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
अनिलले १९ वषर्ीया महिलासँग सम्बन्ध कायम गरेका थिए । महिलालाई उमेर २० वर्ष पुगेपछि विवाह गर्छु भनी विश्वास दिलाउन २०७६ फाल्गुन १६ गते उनले छेकासमेत गरेका रहेछन् । उनले आˆनै घरकोठा तथा गाउँघरको एकान्त स्थानमा समेत गरी पटक-पटक करणी गरेको भनी प्रहरीमा उजुरी परेको छ ।
तर सम्बन्धमा रहेको केटीलाई छोडेर कुशवाहाले अर्कै केटीसँग विवाहसमेत गरेको आरोप अनिलमाथि लागेको छ ।जबर्जस्ती करणी कसुरमा कानुनबमोजिम कारबाही गरिपाऊँ भनी फागुन २८ गते शुक्रबार पीडितको बुवाले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।सखुवाप्रसौनी गाउँपालिका-५ बलुवा टोल बस्ने रोशनविरुद्ध १६ वर्षी बालिकालाई फागुन ८ गते राति १० बजे जबर्जस्ती करणी गरेको आरोप छ । बालिकाको कोठामै गई विवाह गर्छु भनी ललाइफकाई जबरजस्ती करणी गरको दावी उजुरीकर्ता पक्षको छ ।रोशनकै कारण फागुन १३ गते बिहान १ बजे केटीले घर छाडी हिँड्न बाध्य भएकी थिइन् । रोशनले भारतको गोरखपुर भन्ने ठाउँमासमेत लिएर डेरा गरी राखी पटकपटक करणी गरेको आरोप केटी पक्षको छ ।
बालिकाको घर तथा प्रहरीबाट खोजतलास भइरहेको छ भन्ने थाहा पाई निजले पीडितलाई आˆनो घर जाउ भनी पठाएको बालिकाको बुवाको आरोप छ ।
रोशनले पटकपटक आफ्नो छोरीलाई जबर्जस्ती करणी गरेको कानुनबमोजिम कारबाही गरिपाऊँ भनी फागुन २८ गते शुक्रबार बालिकाको बुवाले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । रोशनलाई प्रहरीले घरबाटै नियन्त्रणमा आवश्यक अनुसन्धान सुरु गरेको छ ।फागुन २५ गते बिहान साढे ११ बजे २१ वर्षीया महिला गहुँखेतमा घाँस काटिरहेको अवस्थामा अविशेकले जर्बजस्ती करणी प्रयास गरेको उजुरी प्रहरी कार्यालयमा परेको छ ।महिलाको पछाडिबाट आई एक्कासी झम्टिएर जबरजस्ती करणी गर्न खोजेको दाबी उजुरी कर्ता पक्षको छ ।महिलाले प्रतिकार गरी भागेको र फागुन २६ गते प्रहरी कार्यालयमा उजुरी दिएपछि अविशेक घरबा६ पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..