सिरहा । सिरहाको औरही गाउँपालिकाको जनप्रतिनिधिले विचारमा भन्दा व्यवहारीक विकास निर्माण कार्यमा बढी जोड दिनु भएको छ ।

आफु गाउँपालिकामा निर्वाचित भए पश्चात भौतिक पूर्वाधारहरुको कामलाई पहिलो प्राथामिकतामा राखेर अघि बढेको गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवको भनाई छ । उहाँको अनुसार, ढलान सडक, पुल, खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको अध्यक्ष यादवले भन्नुभयो ।








गाउँपालिकाको केन्द्रदेखि वडालाई जोड्ने सडक निर्माण हुनुका साथै पुराना सडकलाई थप सुधार गर्ने कार्य भैरहेको छ । कृषि क्षेत्रमा आबद्ध भएका किसानहरुको लागि कृषि अनुदान दिने व्यवस्था समेत गरको उहाँले बताउनु भयो । समग्रमा सम्पूर्ण क्षेत्रमा समेट्दै पालिका समृद्धिको यात्रामा निरन्तर अघि बढीरहेको देखिन्छ ।


विगतको तुलनामा भन्दा आफु निर्वाचित भए पश्चात विकास निर्माण कार्य उल्लेखनीय रुपमा भएको गाउँपालिकाको अध्यक्ष यादवले बताउनु हुन्छ । यस्तै, गाउँपालिकामा कोरोेनाको उच्च जोखिम रहेकोले संक्रमण रोेकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सचेतना गराएको गाउँपालिकाका अध्यक्ष यादवले भन्नुभयो । बाहिरबाट आएकाहरुलाई गाउँपालिकास्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको अध्यक्ष यादवले बताउनु भयो ।
