नेपाल पक्षले बोलायो आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक डाकेर एकलौटी निर्णय गरेपछि एमाले का वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।

शुक्रबार नेपाल समूहलाई बैठकमा नै नबोलाई ओलीले पार्टीका विभिन्न पदाधिकारी, स्थायी कमिटी, प्रदेश कमिटी हेरफेर गरेका छन् । ओलीले नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर आफ्नो पक्षका नेतालाई चयन गरेका छन् ।

नेपाल पक्षका एक नेताका अनुसार बानेश्वरस्थित अर्याल होटलमा स्थायी कमिटी बैठक बस्ने तयारी छ । उक्त बैठकले अध्यक्ष ओलीले गरेका पछिल्ला निर्णयविरुद्ध कसरी अघि बढ्ने धारणा तय गर्ने बताइएको छ ।

ओलीले एकलौटी पूर्वमाओवादीका २३ नेतालाई स्थायी कमिटी तथा केन्द्रीय कमिटीमा मनोनयन गरे, त्यस्तै पार्टीको प्रवक्ता प्रदीप ज्ञवालीलाई बनाए, पार्टीको महाधिवेशन आगामी मंसिर २ गते गर्ने, अध्यक्ष र महासचिवबाहेक पार्टी पदाधिकारी खारेज गर्ने जस्ता निर्णय ओलीले एकलौटी ढंगबाट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..