प्रधानमन्त्री ओलीले नेपाल निकट पदाधिकारी हटाए,माधवको विदेश विभाग प्रमुख पद गयो

काठमाडौं । नेकपा एमालेले पार्टीका अधिकांस पदाधिकारीहरुलाई जिम्मेवारीबाट हटाएको छ । प्रधानमन्त्रीसमेत रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु् पक्षिय नेताहरुको बैठक बोलाएर महासचिव र प्रवक्ता बाहेक सबै पदाधिकारीहरुलाई जिम्मेवारी बाट हटाउनु भएको हो । जसमा एमाले महासचिव इश्वर पोखरेल र पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवाली यथावत हुनुहुन्छ ।

शुक्रबार अध्यक्ष ओलीले बालुवाटारमा आफु निकटका केन्द्रीय सदस्यहलाई बालुवाटारमा बोलाएर बैठक राख्नु भएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रबाट एमालेमा जानुभएका रामबहाददुर थापा ‘बादल’लाई बाग्मती प्रदेश इन्चार्जका साथै अन्य २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको बताइएको छ ।

त्यस्तैगरी बरिष्ठ नेता माधव कुमार नेपाल एमाले विदेश विभाग प्रमुख रहनु भएकामा उहाँलाई हटाएरर ओलीले राजन भट्टराईलाई नियुक्त गर्नुभएको बताइएको छ ।

त्यस्तैगरी सुदुरपश्चिम प्रदेश इन्चार्ज भीम रावललाई हटाएर माओवादी केन्द्रबाट आउनुभएका लेखराज भट्टलाई नियुक्त गर्नुभएको छ । प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई नियुक्त गरिएको छ ।

कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई नियुक्त गरिएको छ ।  यस्तै, प्रदेश २ इन्चार्जमामा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा भने शंकर पोखरेल भने यथावत नै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..