एक्सनमा एआईजी पाल : ६ अर्ब रुपैयाँ बराबरको विस्फोटक पदार्थ युरेनियमसहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले ६ अर्ब रुपैयाँ बराबरको बहुमूल्य विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले बिहीबार बौद्धबाट उनीहरुलाई पक्राउ गरेको हो । २ किलो ५०० ग्राम युरेनियमसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी हरिबहादुर पालले जानकारी दिनुभयो । त्यसको नेपाली मूल्य ६ अर्ब रुपैयाँ बराबर पर्ने उनले बताए ।

शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । नेपालमा युरेनियमसहित आरोपी पक्राउ गरिएको यो पहिलोपटक हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुविरुद्ध विस्फोट पदार्थ ऐन २०१८ बमोजिम छानबिन र अनुसन्धान अघि बढाइने पनि पालले बताए । यति ठूलो परिमाणमा युरेनियम कहाबाट आयोभन्नेबारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..