फरार अपराधी विरुद्ध कठोर बन्दै एसपी धमला – अपहरण मुद्दाका दोषी १० वर्षपछि पक्राउ

सिरहा । सप्तरी प्रहरीले अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्तिलाई १० वर्षपछि पक्राउ गरेका छन् । छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षीय भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

यादवसहितको समूहले साविकको बरही वीरपुर गाविस– ५ का १७ बर्षीय सञ्जीवकुमार साहलाई २०६७ साल कात्तिक २६ गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेको थियो ।

यादवसहितको समूहले साविकको बरही वीरपुर गाविस– ५ का १७ बर्षीय सञ्जीवकुमार साहलाई २०६७ साल कात्तिक २६ गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेको थियो ।

उनीहरुले परिवारका सदस्यसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । युवकको परिवारका सदस्यले १३ लाख ५ हजार रुपैयाँ फिरौती बुझाएका थिए अपहरित युवक हालसम्म बेपत्ता छन् । अपहरणसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ साल भदौ १५ गते यादवलाई ९ बर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..