हत्या गरी फरार रहेका अभियुक्त पक्राउ


बारा । बाराको निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिका-४ ठेगाना भएका २९ वर्षीय अरूण कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रोहितको घाटीमा चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा शव ओछ्यानमै रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न अरुणलाई चन्द्रनिगाहपुरस्थित किराना पसलबाट फेला पारी पक्राउ गरेको हो ।

पूर्व रिसइवि र विवादको कारण मार्ने मनसाय अनुसार अरुण नै चक्कु सहित सोमबार रातिदेखि रोहितको घरमा बसेर मंगलबार बिहान चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

उनलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..