मानव वेचविखनमा संलग्न दुई जना पक्राउ

मोरङ । मानव वेचविखनमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-१६ दक्षिण बस्ने प्रेम बहादुर मगर र सोही महानगरपालिका-१५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ रहेका छन् ।


होटलमा काममा लगाई दिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी सिन्धुपाल्चोकबाट काठमाडौं हुँदै २ जना महिलालाई बिराटनगरमा बोलाई रोजगारी दिलाई दिने बाहनामा भारतमा लगि वेचबिखन गर्ने उदेश्यले बिराटनगर महानगरपालिका-१६ दक्षिण गेटमा ल्याएको भन्ने जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..