सरकारमा जान जसपाको तीनबुँदे सर्त, प्रधानमन्त्री ओली सकारात्मक

काठमाडौं ।  नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) नेपालका शीर्ष नेताहरूको प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको उच्चस्तरीय भेटघाट बालुवाटारमा सकिएको छ।

बैठकमा जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे सर्तमाथि प्रधानमन्त्री ओली सकारात्मक देखिएका बैठकमा सहभागी जसपाका एक नेताले बताए। जसमा संविधान संशोधन, रेशम चाैधरीको रिहाइ, कैदीबन्दीको मुद्दा फिर्तालगायत माग आफूहरूले राखेका ती नेताले बताए।  

प्रधानमन्त्री ओलीले बिहीबार एमालेका शीर्ष तहका नेतासँग जसपाको मागको विषयलाई लिएर छलफल गरेका थिए। ​

जनता समाजवादी नेपाल जसपाका ५ शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका थिए। सत्ता सहकार्य र आफ्ना एजेण्डाबारे छलफल गर्न नेताहरू बालुवाटार पुगेका हुन्। 

जसपा शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार गएका हुन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..