भारतमा मुख्यमन्त्री नै असुरक्षित कस्ले गर्‍यो आक्रमण ?

झापा । पूर्वी नेपालसँग जोडिएको भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आफूमाथि आक्रमण भएको बताएकी छन्। आसन्न विधान सभा चुनावका लागि मनोनयन दर्ता गरेपछि बुधबार साँझ आफूमाथि आक्रमण भएको बेनर्जीको भनाइ छ। ६६ वर्षीया बेनर्जीले बुधबार नन्दीग्राममा आफ्नो मनोनयन दिएर केही मन्दिरहरूको दर्शन गरेकी थिइन्।

सोही क्रममा आफ्ना सुरक्षागार्ड नभएका बेला ४-५ जनाले गाडीमा धकेलेको र जबरजस्ती ढोका लगाइदिएको उनको भनाइ छ। त्रिणमूल कंग्रेसका सांसद सुखेन्डुशेखर रेले भने- साँझ सवा छ बजेतिर एक मन्दिरमा पूजा सकेर बिरूलिया अन्चलबाट निस्कन लागेका बेला केही अपरिचित व्यक्त आए र उनलाई कारमा धकेले र ढोका लगाइदिए। उनको खुट्टा चोट लागेर सुन्निएको छ, कम्मर दु:खेको छ । संवाददाताहरूसँग कुरा गर्दै बेनर्जीले गाडीमा चढ्न लाग्दा आफूलाई आक्रमण गरिएको र यो ठूलो षडयन्त्र भएको बताइन्। उनले आफ्नो खुट्टा देखाउँदै भनिन्- हेर्नुस् न यो कसरी सुन्निरहेको छ।
मनोनयन दर्ता गरेपछि बुधबार नन्दीग्राममै बस्ने योजना बनाएकी बेनर्जी आक्रमणपछि हिजै कलकत्ता फर्किएकी छन्। उनलाई अहिले अस्पतालमा भर्ना गरिएको छ र विभिन्न परीक्षणहरू थालिएको छ। विपक्षी पार्टीहरूले भने बेनर्जीको यो बयानलाई चुनावको मुखमा त्रिणमूल कंग्रेसले गरेको राजनीतिक नाटक भनेका छन्।

बेनर्जी सन् २०११ देखि पश्चिम बंगालकी मुख्यमन्त्री छन्। पश्चिम बंगालमा उनलाई दिदी उपनामले चिनिन्छ। त्यहाँ मार्च २७ देखि विभिन्न चरणमा विधान सभाका लागि मतदान हुँदैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..