स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक नायबसुब्बा मार्फत सेटिङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक नायबसुब्बाको हालीमुहाली चल्ने गरेको छ । ती नायबसुब्बा पनि स्वास्थ्य मन्त्रालय अन्तर्गतका होइनन्, संसद सचिवालयका हुन् ।


मन्त्री त्रिपाठीले संसद सचिवालयका नायब सुब्बा विष्णु खड्कामार्फत् मन्त्रालयका सरुवा, बढुवा, ठेक्कापट्टा सबैमा सेटिङ गराउने गरेका छन् । मन्त्री त्रिपाठीले स्वकीय सचिवालयसमेत गठन नगरी उनै खड्कामार्फत सचिव, सहसचिव, विभागीय प्रमुख, महाशाखा प्रमुख, अस्पताल, प्रतिष्ठान सबैतिर सेटिङ गर्दै आएका छन् ।


मन्त्री त्रिपाठीका नाममा नासु खड्काले आफूभन्दा वरिष्ठ सहसचिव, सचिव तहका कर्मचारीस“ग पनि अशिष्ट शैली प्रदर्शन गर्ने गरेको गुनासो सुनिन्छ । श्रोतका अनुसार, नासुले मन्त्रीका नाममा वरिष्ठ कर्मचारीलाई हेप्ने, होच्याउने गरेका छन् । मन्त्री त्रिपाठीको सचिवालयमा प्रकाश अधिकारी भर्खरै आएपनि नासु खड्का नै सर्वेसर्वा रहेको श्रोत बताउँछ ।


मन्त्री त्रिपाठी लेखासमितिको सभापति हुँदा कर्मचारीको नाताले चिनजान भएपछि खड्का सधैं उनको प्रियपात्र हुँदैआएका छन् । घुस संकलन गर्न खप्पिस भएकाले मन्त्री त्रिपाठीले सचिवालयको सम्पूर्ण जिम्मा तिनै नासुलाई दिने गरेका छन् । नासु खड्कालाई खुसी पारेपछि मात्र स्वास्थ्यका काम फत्ते हुँदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..