स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक नायबसुब्बा मार्फत सेटिङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक नायबसुब्बाको हालीमुहाली चल्ने गरेको छ । ती नायबसुब्बा पनि स्वास्थ्य मन्त्रालय अन्तर्गतका होइनन्, संसद सचिवालयका हुन् ।


मन्त्री त्रिपाठीले संसद सचिवालयका नायब सुब्बा विष्णु खड्कामार्फत् मन्त्रालयका सरुवा, बढुवा, ठेक्कापट्टा सबैमा सेटिङ गराउने गरेका छन् । मन्त्री त्रिपाठीले स्वकीय सचिवालयसमेत गठन नगरी उनै खड्कामार्फत सचिव, सहसचिव, विभागीय प्रमुख, महाशाखा प्रमुख, अस्पताल, प्रतिष्ठान सबैतिर सेटिङ गर्दै आएका छन् ।


मन्त्री त्रिपाठीका नाममा नासु खड्काले आफूभन्दा वरिष्ठ सहसचिव, सचिव तहका कर्मचारीस“ग पनि अशिष्ट शैली प्रदर्शन गर्ने गरेको गुनासो सुनिन्छ । श्रोतका अनुसार, नासुले मन्त्रीका नाममा वरिष्ठ कर्मचारीलाई हेप्ने, होच्याउने गरेका छन् । मन्त्री त्रिपाठीको सचिवालयमा प्रकाश अधिकारी भर्खरै आएपनि नासु खड्का नै सर्वेसर्वा रहेको श्रोत बताउँछ ।


मन्त्री त्रिपाठी लेखासमितिको सभापति हुँदा कर्मचारीको नाताले चिनजान भएपछि खड्का सधैं उनको प्रियपात्र हुँदैआएका छन् । घुस संकलन गर्न खप्पिस भएकाले मन्त्री त्रिपाठीले सचिवालयको सम्पूर्ण जिम्मा तिनै नासुलाई दिने गरेका छन् । नासु खड्कालाई खुसी पारेपछि मात्र स्वास्थ्यका काम फत्ते हुँदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..