गृहमन्त्री बादललाई एमालेको उपाध्यक्ष

काठमाडौं । नेकपा (एमाले) को रिक्त रहेको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बनाइने भएको छ । एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको हो ।

उक्त पदमा गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउन लागिएको हो । सर्वाेच्चले एमाले र माओवादी पूर्ववत् रुपमै रहेको फैसला गरेलगत्तै गृहमन्त्रीसँग बादलनिकट नेताहरुसँग छलफल गरेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने तयारी गरेका छन्। फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि गृहमन्त्री बादलसँगको भेटघाटमा प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो ।

भेटमा गृहमन्त्री बादलले आफू माओवादीतिर नभई ओलीको सिद्धान्त, विचारलाई साथ दिने बताएका थिए । यसरी गृहमन्त्री बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायतका माओवादी नेताहरु एमालेमै मिसिने भएको जनाइएको छ । हाल एमालेमा वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्ष रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..