गृहमन्त्री बादललाई एमालेको उपाध्यक्ष

काठमाडौं । नेकपा (एमाले) को रिक्त रहेको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बनाइने भएको छ । एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको हो ।

उक्त पदमा गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउन लागिएको हो । सर्वाेच्चले एमाले र माओवादी पूर्ववत् रुपमै रहेको फैसला गरेलगत्तै गृहमन्त्रीसँग बादलनिकट नेताहरुसँग छलफल गरेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने तयारी गरेका छन्। फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि गृहमन्त्री बादलसँगको भेटघाटमा प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो ।

भेटमा गृहमन्त्री बादलले आफू माओवादीतिर नभई ओलीको सिद्धान्त, विचारलाई साथ दिने बताएका थिए । यसरी गृहमन्त्री बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायतका माओवादी नेताहरु एमालेमै मिसिने भएको जनाइएको छ । हाल एमालेमा वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्ष रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..