स्रोत नखुलेको पौने आठलाखसहित पक्राउ , तीन करोड भन्दा बढीको चेक बरामद

वीरगन्ज । पर्सा प्रहरीले स्रोत नखुलेको पौने आठ लाख रुपैयाँ बराबरको नेपाली तथा भारतीय नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२३ निवासी ३८ वर्षीय जयराम राउत कुर्मी रहेका छन् ।

अवैध हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न उक्त ट्रेडर्समा खानतलासी गर्ने क्रममा स्रोत नखुलेको नेपाली रुपैया नगद ७ लाख ७५ हजार ४ सय ७० तथा ७ हजार ४ सय भारतीय रुपैयाँसहित कर्मचारी कुर्मीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

खनालका अनुसार कुर्मीको साथबाट प्रहरीले बब्लू राजको नाममा जारी भएको रु २ लाख एवं रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख साठी हजार बराबरका चेक समेत बरामद गरिएको छ ।बरामद गरिएको नगद, चेकबुकसहित नियन्त्रणमा लिइएका कुर्मीलाई जिल्ला प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्दा निजले दिएको बयानको आधारमा उक्त ट्रेडर्सबाट थप ३ करोड ५६ लाख ३१ हजार १ सय ४ रुपैया गरि ३ करोड ६३ लाख ९१ हजार १ सय ४ रुपैया बराबरको विभिन्न निजी व्यक्तिको नाममा जारी भएको ९० थान चेक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साथै विभिन्न बैङ्कका खाली चेकबुक २१ थान, हस्ताक्षर भएका विभिन्न बैङ्कका खाली (दबिलप) चेक ४१ थान समेत बरामद भएको बताइएको छ । नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट आजै बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्धको कसुरमा दिन पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालको भनाइ छ ।ट्रेडर्सका सञ्चालक भने फरार रहेका छन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..