मुख्यमन्त्री राउतद्वारा रौतहटको गरुडामा ग्राण्डी हस्पिटलको उद्घाटन,भरपर्दो सेवा दिने बिश्वास व्यक्त


रौतहट । मुख्यमन्त्री लालबाबु राउतले रौतहट ग्राण्डी हस्पिटल एण्ड आँखा अस्पताल गरुडाको एक कार्यक्रम बिच उद्घाटन गर्नु भएको छ । निजि क्षेत्रबाट सञ्चालनमा ल्याईएको सुबिधा सम्पन्न उक्त अस्पतालको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले रौतहटको मध्यभागमा सञ्चालनमा आएको अस्पतालले बिरामीहरुलाई भरपर्दो सेवा दिने बिश्वास ब्यक्त गर्नु भयो ।

स्वास्थ्य क्षेत्रमा पछाडी परेको प्रदेश २ मा स्वास्थ्य संस्थाहरुमा आमूल परिवर्तनको आबस्यक्ता रहेकोे उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार त्यस दिसामा अगाडी बढी सकेको दाबी गर्नु भयो ।
प्रदेश सरकारले सरकारी अस्पताल हरुको स्तरोन्नतिका लागि करोडौं रुपैया उपलब्ध गराए पनि अस्पताल हरु रकम खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।


गरुडाका नगरप्रमुख ईन्नु राय यादवकों अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भुमिब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादब , प्रदेश सभा सदस्य अब्दुल कलाम अजाद (फुलबाबु), विभिन्न स्थानीय तह्का प्रमुखहरु, जनता समाजवादी पार्टी का नेताहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..