एमालेको प्रदेश कार्यालय प्रहरीको नियन्त्रणमा

धनगढी । कैलाली जिल्लाको धनगढीमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यकर्ताबीच बुधबार झडप भएको छ। नेकपा एमालेको प्रदेश कार्यालयमा बोर्ड राख्ने विषयमा धनगढी उपमहानगरपालीका वडा नम्बर -३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको हो।

माधव नेपाल पक्षका कार्यकर्ताले भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेमप्लेटसहित नयाँ बोर्ड राखेका थिए। त्यसको केही बेरमा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको समूहले नेपाल पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो।

त्यसलगत्तै माघव पक्षका कार्यकर्ताले पुनः ओली पक्षले राखेको बोर्ड र नेमप्लेट हटाएका थिए। त्यसक्रममा दुवै पक्षबीच झडपसमेत भएको थियो। झडपपछि स्थिति तनावपूर्ण भएको छ। अहिले प्रदेश कार्यालय प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..