आज पनि प्रम ओली संसद् बैठकअगावै बाहिरिए

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिनुभएको छ । २३ फागुनमा पनि संसद्मा पुग्नेवित्तिकै बाहिरिनुभएका ओली बुधबार पनि प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा बाहिरिनुभएको हो ।

बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे सञ्चारकर्मीको जिज्ञासमा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै हिँड्नुभएको जनाइएको हो ।

बुधबारको संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ । बैठकमा सरकारका तर्फबाट विभिन्न अध्यादेश टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

बुधबार १ बजेदेखि पुनः संसद् बैठक बस्ने भनिए पनि प्रधानमन्त्री ओली बैठकअगावै निस्केर हिँड्नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..