आज पनि प्रम ओली संसद् बैठकअगावै बाहिरिए

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिनुभएको छ । २३ फागुनमा पनि संसद्मा पुग्नेवित्तिकै बाहिरिनुभएका ओली बुधबार पनि प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा बाहिरिनुभएको हो ।

बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे सञ्चारकर्मीको जिज्ञासमा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै हिँड्नुभएको जनाइएको हो ।

बुधबारको संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ । बैठकमा सरकारका तर्फबाट विभिन्न अध्यादेश टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

बुधबार १ बजेदेखि पुनः संसद् बैठक बस्ने भनिए पनि प्रधानमन्त्री ओली बैठकअगावै निस्केर हिँड्नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको त्यो अडान जस्को कारण आज कुँवर आइजिपी बने काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता..