अध्यक्ष प्रचण्डलाई प्रम ओलीको प्रस्ताव : सरकारमा सहकार्य गरौं, फेरि पार्टी एकता गरौं कमरेड

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुन : मिलेर सरकार बनाउने प्रस्ताव गरेका छन् ।

सर्वोच्चले नेकपा खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत अस्तित्वमा आएका छन् । खुमलटार श्रोतका अनुसार ओलीले आफ्ना एक विश्वासपात्रमार्फत प्रचण्डसमक्ष आफ्नो सरकारलाई विश्वासको मत दिन र सरकारमा सहयात्रा गर्ने प्रस्ताव पठाएका हुन् । ‘केपी ओलीले आफ्नो टिमका एक नेतामार्फत सरकारका सहकार्यको प्रस्ताव पठाउनुभएको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले काठमाण्डुटुडेसँग भने, ‘यताबाट के गर्ने भन्ने जवाफ गइसेकको छैन ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको तयारी गरिरहेको चर्चाका बीच ओलीको नयाँ प्रस्ताव आएको हो । तत्कालका लागि सत्ता गठबन्धन गर्दै अर्को निर्वाचनसम्म पुनः पार्टी एकीकरणको वातावरण बनाउन सकिने ओलीको भनाइ छ ।

नेकपा विवादमा प्रचण्डलाई साथ दिँदै आएको माधवकुमार नेपाल नेतृत्वको समूहले एमालेमै रहने निर्णय गरेको थियो । अदालतले नेकपा एकीकरण खरेज गरेसँगै प्रधानमन्त्री संविधानको धारा ७६ उपधारा (२) अन्तर्गतको संयुक्त सरकारका प्रधानमन्त्रीमा रुपान्तरण भएका छन् । अदालतको आदेशअनुसार प्रधानमन्त्री ओलीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । तर, माओवादी केन्द्रले समर्थन फिर्ता दिएको अवस्थामा सरकारले त्यसअघि नै संसदमा बहुमत गुमाउँछ ।

ओलीले आफ्नो सरकारको निरन्तरताका लागि अन्य दलका कम्तिमा १८ सांसदको समर्थन पाउनुपर्ने हुन्छ । माओवादी केन्द्रसँग ५३ सांसद छन् । सरकारको निरन्तरताका लागि जनता समाजवादी, माओवादी केन्द्र वा काँग्रेसमध्ये एक दलको समर्थन लिनैपर्ने बाध्यता ओलीलाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..