माओवादी नेताहरुको व्यवस्थापनबारे प्रधानमन्त्री ओली निरन्तर छलफलमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा रहेका माओवादी नेताहरुको व्यवस्थापनबारे ३ दिनदेखि छलफल गरिरहनुभएको छ ।

मंगलबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग छलफल गर्नुभएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई एकीकरण पूर्वको अवस्थामा फर्काएपछि आइतबार साँझदेखि नै माओवादी नेताहरुको व्यवस्थापन र कानूनी पाटोका बारेमा छलफल गरिरहनुभएको हो ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले औपचारिकरअनौपचारिक भइरहको बताउनुभयो ।

मंगलबारको बैठकमा एमाले महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल पनि सहभागी हुनुभएको थियो ।

सरकारमा थापा, रायमाझी, भट्टसहित सहरी विकास मन्त्री प्रभू साह, श्रम , रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, युवा तथा खेलकुद मन्त्री दावा तामाङ र खानेपानी मन्त्री मणि थापा हुनुहुन्छ । तीमध्ये मणि थापाले एमाले नछाड्ने सार्वजनिक गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..