माओवादी नेताहरुको व्यवस्थापनबारे प्रधानमन्त्री ओली निरन्तर छलफलमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा रहेका माओवादी नेताहरुको व्यवस्थापनबारे ३ दिनदेखि छलफल गरिरहनुभएको छ ।

मंगलबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग छलफल गर्नुभएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई एकीकरण पूर्वको अवस्थामा फर्काएपछि आइतबार साँझदेखि नै माओवादी नेताहरुको व्यवस्थापन र कानूनी पाटोका बारेमा छलफल गरिरहनुभएको हो ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले औपचारिकरअनौपचारिक भइरहको बताउनुभयो ।

मंगलबारको बैठकमा एमाले महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल पनि सहभागी हुनुभएको थियो ।

सरकारमा थापा, रायमाझी, भट्टसहित सहरी विकास मन्त्री प्रभू साह, श्रम , रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, युवा तथा खेलकुद मन्त्री दावा तामाङ र खानेपानी मन्त्री मणि थापा हुनुहुन्छ । तीमध्ये मणि थापाले एमाले नछाड्ने सार्वजनिक गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..