ओलीलाई पार्टी सदस्यबाट निष्कासित गर्ने अपराधीहरुको झलझली सम्झना भइरहेको छ : सुर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका छन् । आज मंगलवार विहानै फेसबुकमा छोटो स्ट्याटस लेख्दै थापाले दाहाल–नेपाल पक्षका नेताहरुलाई अपराधी भन्दै व्यंग्य गरेका हुन् ।

प्रचण्ड र माधव समूहले आ–आफ्नो पुरानै पार्टीमा फर्कने निर्णय गरेकोप्रति इंगित गर्दै थापाले पार्टी अध्यक्ष ओलीलाई चार पटकसम्म पार्टी सदस्यबाट निश्कासन गरेको घोषणा गर्नेहरुको मुहार झलझली सम्झना भइरहेको भन्दै कटाक्ष गरेका छन् ।

“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,” सल्लाहकार सुर्य थापाले समाजिक संजाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..