लागुऔषध गाँजा सहित तीन जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका-५ बाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुनसरीको धरान उप-महानगरपालिका-११ का २५ बर्षीय दिपक राई, २७ बर्षीय राज राई र सुनसरीको बर्जु गाँउपालिका-१ का ३४ बर्षीय चौथानन्द राय रहेका छन् ।

को १ ह ६७४८ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंङबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो साँढे ३ बजे टेम्पोको पछाडी पट्टी सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा रहेको २ केजी गाँजा सहित पक्राउ गरेको हो ।

लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..