प्रहरी परिवारका लागी सिपमुलक सौन्दर्य कला (ब्यूटीसियन) तालिमको समुदघाटन


बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा आज एक कार्यक्रम बिच बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर/ अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र धरानमा संचालन हुने “सिपमुलक सौन्दर्य कला (ब्यूटीसियन) तालिम” को संयूक्त शुभारम्भ गरिएको छ ।

प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ३ महिना अवधीको सौन्दर्य कला (ब्यूटी पार्लर) तालिमको समुदघाटन गर्नु हुदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले बहालवाला, अवकाश प्राप्त तथा अमर/ अशक्त प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सिपबाट आय-आर्जन बढ्न जाने र आश्रीत परिवार तथा सन्ततीहरुको वृत्ति विकासमा समेत टेवा पुग्ने अभिप्रायले यस्ता सिपमुलक तालिमहरु संचालन गरिएको बताउनु भएको छ ।

उक्त सौन्दर्य कला (ब्यूटीसियन) तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट मात्रै प्रदान गरिदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढंगबाट सहभागी गराउने उद्देश्य अनुरुप तेश्रो समुहको तालिमलाई धरानबाट समेत संचालन गरिएको हो ।

दुबै स्थानमा आजबाट संचालन हुने तालिममा ३५ जना प्रहरी परिवारहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन । उक्त तालिम समुदघाटन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..