ओली सरकारले ‘विप्लव’को सुरक्षामा खटायो इन्सपेक्टरको नेतृत्वमा दस प्रहरी

काठमाडौं। सरकारले नेपाल कम्युनिस्ट पार्टी , नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षामा १० जना सुरक्षाकर्मी खटाएको छ। सरकारले विप्लवको सुरक्षामा नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा १० जना सुरक्षाकर्मी खटाएको हो।

एक वरिष्ठ सुरक्षा अधिकारीका अनुसार विप्लवको सुरक्षा थ्रेटलाई मध्यनजर गरेर १० प्रहरी परिचालान गरिएको हो। दुई वर्षसम्म भूमिगत भएका विप्लव गत शुक्रबार मात्रै मूलधारको राजनीतिमा आएका थिए। सरकारसँग तीन बुँदे सहमति भएसँगै विप्लवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मूलधारको राजनीतिमा ल्याएका हुन्।

सार्वजनिक भएपछि यतिबला उनी राजनीतिक भेटघाटमा व्यस्त भएका छन्। उनले पछिल्लो दुई दिनमा नख्खु कारागारमा रहेका आफ्नै पार्टीका नेता हेमन्तप्रकाश वली ‘सुर्दशन’लाई भेटेका थिए। यस्तै उनले नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, सिपी गजुरेल, नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतसँग भेट गरेका छन्।

आइतबारमात्रै विप्लव पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट्न उनकै निवास पुगेका थिए। सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। तीन बुँदे सहमति भएसँगै सरकारले विप्लवमाथिको उक्त प्रतिबन्ध हटाएको छ। विप्लवले काठमाडौंमा एक महिनासम्म बसेर सबै दलका नेताहरूसँग भेटघाट गर्ने योजना बनाएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..