जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छौ भनि ठगी गर्ने पक्राउ

कास्की । जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाईदिन्छौ भनी रकम ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-५ मालेपाटन ठेगाना भई सोही महानगरपालिका-८ बस्ने ५८ बर्षीय सुर्यलाल खड्का र पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने धादिङ गंगाजमुना गाउँपालिका-१ स्थायी घर भएका ३९ बर्षीय कमन भन्ने कमान बहादुर तामाङ रहेका छन् ।

जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई प्रहरी, वकिल र अदालतसंग सेटिङ छ, १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ बर्ष जेल जान्छ भनी झुट्टो आश्वासन दिई बिश्वास दिलाई १२ लाखको चेक र १ लाख १० हजार नगद लिई ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट कामना सेवा विकास बैंकको ६ लाख लेखिएको २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु र ४ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर जिल्ला अदालत कास्कीबाट ठगी आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत ७ दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..