नेकपा नाम विवादकाे फैसला आइतबार सुनाउँदै सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे नाम विवादसम्बन्धी मुद्दामा आज फैसला हुँदैछ । ऋषि कट्टेलले आफू नेतृत्वकाे पार्टीको नामसँग मिल्दोजुल्दो नाम अन्य पार्टीकाे समेत राखेको भन्दै २०७५ मंसिर ५ गते सर्वाेच्चमा रिट दर्ता गराएका थिए । उक्त मुद्दामा निर्वाचन आयोगलाई विपक्षी बनाइएकाे हो ।

सर्वाेच्चका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उक्त मुद्दामाथि सुनुवाइ हुँदैछ । यसअघि यही फागुन २० गते बिहीबार साे मुद्दाकाे फैसला सुनाउने मिति तय भएकाे थियाे । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा साे दिन शोक बिदा दिइएकाले अदालत बन्द रह्याे ।

हाल निर्वाचन आयोगमा नेकपा नामबाटै सत्ताधारी दल पनि दर्ता छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेकाे थियाे । नाम जुधेकाे भन्दै कट्टेलले अदालतमा मुद्दा हालेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..