मुस्कानले पाइन् अन्तर्राष्ट्रिय ‘साहसी महिला अवार्ड’

काठमाडाैं । एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन् ।

काठमाडौं स्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार १५ वर्षीया खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज (अन्तर्राष्ट्रिय साहसी महिला) अवार्ड पाएकी हुन् ।

यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । तेजाब आक्रमणको अन्त्यका लागि मुस्कानले गरेको निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गरिएको जनाईएको छ ।

वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो । लामो समय सम्म कीर्तिपुर अस्पताल लगायत स्थानमा उनको उपचार भएको थियो ।

यसअघि यो अवार्ड पाकिस्तानकी शिक्षा अभियन्ता एवं नोबेल पुरस्कार विजेता युवती मलाला युसफजाईले पनि पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..