प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्ने

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( विप्लव समूह ) र सरकारबीच तीन बुँदे सहमति भएको छ । काठमाण्डौमा भएको तेस्रो चरणको वार्तामा सरकारले विप्लव नेतृत्वको नेकपामाथीको प्रतिबन्ध फुकुवा गर्ने, पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने लगायतका सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए । 
प्रधानमन्त्री केपी शर्मा ओलीले हिसांत्मक गतिविधिमा सक्रिय विप्लव समूहसँग वार्ता गर्ने र सरकारका ल्याउने सम्मको योजनासहित वार्ताको पहल थालेका थिए । 

वार्ताका लागि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका विप्लव नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सरकारी टोलीसँग कुराकानी गरी फर्केका थिए । त्यसपछि अपराह्न ४ बजे पुनः दोस्रो चरणको वार्ता भयो । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले आज तेस्रो चरणको वार्ता गरेर तीन वुँदे सहमति गरेको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..