प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्ने

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( विप्लव समूह ) र सरकारबीच तीन बुँदे सहमति भएको छ । काठमाण्डौमा भएको तेस्रो चरणको वार्तामा सरकारले विप्लव नेतृत्वको नेकपामाथीको प्रतिबन्ध फुकुवा गर्ने, पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने लगायतका सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए । 
प्रधानमन्त्री केपी शर्मा ओलीले हिसांत्मक गतिविधिमा सक्रिय विप्लव समूहसँग वार्ता गर्ने र सरकारका ल्याउने सम्मको योजनासहित वार्ताको पहल थालेका थिए । 

वार्ताका लागि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका विप्लव नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सरकारी टोलीसँग कुराकानी गरी फर्केका थिए । त्यसपछि अपराह्न ४ बजे पुनः दोस्रो चरणको वार्ता भयो । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले आज तेस्रो चरणको वार्ता गरेर तीन वुँदे सहमति गरेको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..