केपीलाई समर्थन गर्न नैतिकताले दिँदैन, प्रचण्ड-नेपाललाई साथ दिन सकिन्छ – बरिस्ठ नेता पौडेल

चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन नेपाली कांग्रेसको नैतिकताले नदिने बताएका छन्। चितवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बरिस्ठ नेता पौडेलले प्रचण्ड-माधव नेपाल पक्षलाई साथ दिन भने कांग्रेस सकारात्मक रहेको बताए।

उनले प्रदओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेकोले उनलाई समर्थन गर्न कांग्रसको नैतिकताले नदिने बताएका हुन्। यतिखेरको राजनीतिमा केपी ओली बाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई पार गराउनु पर्ने बताए।

पौडेलले भने, ‘कांग्रेस आफैँ मात्र हुनुपर्छ भन्ने पनि छैन। यदी यस्तो भयो भने कांग्रेस अरुको खेलौँना भएर भुमिका विहिन हुन सक्छ। अहिलेको देशको संकट अरुलाई साथ दिएर पनि पार लगाउन सकिन्छ। त्यसको लागि प्रचण्ड माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिन्छ।’

तर, त्यसको लागि छलफल भने आवश्यक रहेको उनले बताए। कांग्रेससँग एक चौथाई सिट नभएको र अरुसँग मिल्नुपर्ने भएकाले कोसँग मिल्ने भन्ने विषयमा सल्लाह भइरहेको उनले बताए। भद्रगोल बन्दै गएको नेपालको राजनीतीलाई कांग्रेसले सम्हालेर लैजानु पर्ने बेला आएको उनले बताए।

विघटनबाट बचेको देशलाई व्यवस्थाको विकृतिबाट बचाउनुपर्नेमा जोड दिए। यसका लागि कांग्रेसले आफ्नो हैसियत अनुसार जिम्मेवार भुमिका निर्वाह गर्नुपर्छ भन्दै संकटबाट देश र व्यवस्थालाई पार लगाउने जिम्मेवारी कांग्रेस बाहेक अरुसँग नभएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..