- बिरेन्द्र प्रसाद नेपाल
सिरहा । सिरहाको लहान स्थित रहेको बाटिका टुरिजमको सभाहलमा भब्य र सभ्य तरिकाले बुधवारका दिन जिल्ला उद्योग बाणिज्यसंघ, सिरहा, लहानले स्वर्ण जयन्ती वर्ष २०७७ तथा ३२ औं सधारण सभा प्रमुख अतिथि कानुन मन्त्री लिलानाथ श्रेष्ठद्धारा समुदघाटन कार्यक्रम सम्पन गरेको छ । राष्ट्रयलाई समृद्ध बनाउन व्यपार नै महत्वपूर्ण रहेकोले उद्योग वाणिज्यसंघ लहानले मलाई निमत्याउनु भएकोमा जिल्ला उद्योग वाणिज्यसंघ लहानलाई मन्त्री श्रेष्ठले धन्यावाद दिएको छ ।

मुलुकलाई समृद्ध गर्नका लागि सरकारका योजनाहरुलाई, बिकास निर्माणहरुमा र राष्ट्र चलाउनका निम्ति व्यपारीहरुले तिरेको कर नै महत्व रहेको छ । सरकारले आफ्नो क्षमता अनुसार उद्योग व्यपारीहरुलाई १ खर्व रुपैया व्यवस्था गरेको छ । त्यसवाट ८० अरव रुपैया व्यपारीहरुले पाईसकेको छ । होटल व्यवसायहरु, पर्यटक व्यवसायहरु अत्यन्त मारमा परेका छन त्यसका लागि सरकारले ५० अरव सहुलियत दरमा ऋणको व्यवस्था गरेको छ ।



हाम्रो देश माछामासु र अण्डामा आत्मनिर्भर भएको छ । हामीले अव फलाम उत्पादन गछौ र नेपालमा उद्योगहरुलाई एकिकृत गरी एकै ठाउँवाट उद्योग दर्ता हुने प्रणाली सरकारले लागु गर्न लागेको छ । नेपाल र भारत बिच व्यपारीहरुलाई अयात र निर्यातमा सहज गराउन सरकार पक्षले पहलका लागि छलफल गर्नुपछ र नेपालमा स्याउ, चिया, कफी, राम्रो उत्पादन भैरहेको छ तर निर्यातका कारण व्यपारीहरु मारमा परेको छ । व्यपारमा सहजता ल्याउन रेलमार्ग निर्माण कार्य भैरहेको छ । रेलमार्ग चाईनावाट केरुङ्ग, केरुङ्गवाट काठमाण्डौ, काठमाण्डौवाट पोखरा हुदै लिम्वुनीसम्म जोडने सम्झौता गरी रेलमार्ग निर्माणका कार्यहरु भैसकेको कुराहरु मन्त्री श्रेष्ठले सम्वोधनमा भनेका छन् ।
सम्वोधनकैक्रममा प्र.जि.अ.प्रदिप कणेलले समयको अभावमा छोठोमिठो र सान्दर्भिक शब्दमा भने व्यपारीहरुको लागि जतिवेला पनि सहयोगमा नै रहेकोछु र समाजमा भएका विकृतीहरु उन्मूलन गर्न हामीलाई सवैको साथ चाहिन्छ । बोडरको नेपाली चौक वजारहरुमा खुल्लेआम रक्सी पसलहरुको कारण बिकृती दिनप्रतिदिन बढदै गएकोले बोडर आसपासका रक्सी पसलहरु बन्द गराउनु जरुरी देखिएको प्र.जि.अ. कणेलले बताउनु भएको छ ।
बिकासप्रेमीको चर्चा बटुलेका लहान नगरपालिकाको नगर प्रमुख ( मेयर ) मुनी साहले सम्वोधनकोक्रममाः उद्योग र व्यपारीहरुको हकहितको पक्षमा जतिवेला पनि रहनेकुरा औल्याएको छ । बालबिटोरी र गाउँब्लक जग्गा फुकुवा संघर्ष समिती लहानका संयोजक विजय कुमार गुप्ताले कार्यक्रकै मार्फत जग्गा फुकुवा सम्वन्धी एउटा बिन्तीपत्र पठाएको छ ।

बालबिटोरी र गाउब्लक जग्गा ठूलो समस्याको रुपमा रहेकोले रोक्का जग्गा फुकवा गरीदिनका लागि नेपाल सरकारको कानुन, न्याय तथा संसदिय मामिला मन्त्रीलीलानाथ श्रेठ मार्फत प्रधानमत्री के.पि. शर्माओली लाई बिन्ती पत्र पठाएका छन् ।
विजय कुमार गुप्ताका अनुसार लहान नगरपालिकामा रहेको गाउँब्लक जग्गाहरु २००४ सालमा नापी गरि जम्मा बन्दि श्रेस्ता कायम भएको छ । त्यस जग्गा मध्ये बजार क्षेत्रको सिङ्गराही मटिअर्वा ,बैरिया गोपालखोन्ही र रघुनाथपुर मौजामा पर्ने जग्गा तत्कालिन श्री ५ को सरकार भन्सार विभागबाट २०१० सालमा बालबिटौरी लगाउने गरि नापी भएको थियो ।
