नागढुंगाबाट तीन लाख मूल्य बराबरको कपडासहिति दुईजना पक्राउ

काठमाडौं । प्रहरीले भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित आज दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित सुरक्षा चौकीमा सवारी साधान जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा छुन्ता गुरुङ र गोपी लामा रहेका छन् ।

सुनौलीबाट काठमाडौँ आउँदै गरेको बा ५ ख १२३५ नम्बरको बस जाँच गर्ने क्रममा रु दुई लाख ७० हजार मूल्य बराबरको १३५ थान कपडा फेला पारी बरामद गरिएको र सोधखोज गर्दा उक्त कपडा उनीहरूले ल्याएको खुल्न आएको छ । सोही गाडीमा सवार रहेका बेला दुवै पक्राउ परेका हुन् ।

दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..