नेकपाको केन्द्रीय कमिटी बैठकमा २ सय ८० जनाको हस्ताक्षर, १२ जना उपत्यका बाहिर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को केन्द्रीय कमिटी बैठकमा २ सय ८० जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन्। नेकपाका कुल ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये २ सय ८० जनाले हस्ताक्षर गरेका हुन्। यो बहुमत संख्या हो।

उक्त समूहका १२ जना केन्द्रीय सदस्य काठमाडौँ उपत्यका बाहिर रहेकोले भोलि मात्रै हस्ताक्षर गर्ने बताइएको छ।बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका हुन्।

बैठकले पार्टी अनुशासन विपरितको काम गरेको भन्दै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई ६ महिनाका लागि पार्टीबाट निलम्बित गरेको छ। बैठकले नेम्वाङलाई तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन पनि निर्देशन दिएको छ।

यस्तै बैठकले नेम्वाङका साथै शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, निरु पाल, सूर्य थापा, प्रभु शाह र कर्ण थापालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..