त्रिभुवन विमानस्थलबाट सुनका औंठी र बालासहित एक जनापक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले भन्सार छलीका सुनका बाला र औठीसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भएका नगेन्द्रकुमार रानालाई प्रहरीले पक्राउ गरेको हो ।
हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई ल्याएको सुनका ३ थान बाला र २ थान औंठी (१८६.५ ग्राम) संकलन गरी लैजान लागेको अवस्थामा रानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बरामद सुनसहित रानालाई आवश्यक अनुसन्धान र कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले विमानस्थलबाट भन्सार छलीका इलेक्ट्रोनिक्स सामान तथा तयारी कपडासहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । भोजपुर ट्याम्किमैयुङ गाउँपालिका–४ घर भएका २८ वर्षीय शिशिर राई पक्राउ परेका हुन् ।

उनलाई पनि हङकङबाट काठमाडौं आएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई सामग्रीहरु लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ड्रोन क्यामेरा ५ थान, सोनी क्यामेराको ब्याट्री ८, क्यामेरा एडप्पटर १, ब्याट्री चार्जर १, तयारी कपडा (टिसर्ट, स्वीटर, ज्याकेट, पाईन्ट आदि) ७० थान, जुत्ता, पावर ब्यांक, फेसियल तेल बट्टा, परफ्यूम र झोला गरी अन्दाजी १५ लाख बराबारको सामान बरामद गरेको छ ।

प्रहरीले बरामद सामानसहित राईलाई कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..