पर्सा प्रहरीद्वारा जुवाको खालवाट १ लाख ७६ हजार सहित ३ जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले जुवा खेलिरहेको ३ जनालाई नियन्त्रणमा लिएको छ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा जुवा खेलिरहेका ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जुवा खेलिरहेको सूचना पाएको आधारमा प्रहरीले छापा मार्दा १५ जना फरार भएको र बाँकी ३ जना पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका वडा नम्बर ९ बस्ने ४० वर्षीय गुरदेली साह, बाराको कलैया २३ बस्ने वर्ष ५२ का बहादुर साह र कलैया १४ का वर्ष ४० का राजेश मेहता रहेको पर्सा प्रहरी उपरीक्षक पाण्डेले जनाएको छ।

जुवाको खालबाट १ लाख ७६ हजार नगद र एक बुक तास पनि भेटिएको पर्साका प्रहरी प्रमुख पाण्डेले बताए। सो विषयमा थप अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

फरार रहेका व्यक्तिहरुको पहिचान भइसकेकोले उनीहरुको खोजी कार्य भइरहेको जनाइएको छ। गाउँको नजिकै रहने बाँसघारी तथा फुलबारी बगैचामा जुवा तास खेलाउने र खेल्ने काम भइरहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..