काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री यतीबेला देश दौडाहामा हुनुहुन्छ । मातहतका प्रहरी कर्मचारीहरुलाई असल आचरण सहित प्रहरी आफ्नो काम र कर्तब्यमा निष्ठावान तवरबाट प्रस्तुत हुन उहाँको आग्रह छ ।
आईजीपी शैलेश थापा क्षेत्रीको मुख्य धेय छ की प्रहरीले बर्दिको आडमा दादागीरि प्रस्तुत गर्ने होइन्,कानुनी राज्यलाई प्रस्रय दिने हो । नियम,कानुन बमोजिम अपराध र अपराधकर्ममा तल्लिनलाई कानुनी कठघरामा ल्याउने हो ।
प्रहरी कर्मचारीहरुले सदैव साधारण जीवनशैली अवलम्वन गरी नागरिकलाई उच्चतम सेवा प्रवाह गर्नुपर्ने,भनाई थापा क्षेत्रीको छ । यो भनाई प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत कर्मचारीहरु तथा सोही महाविद्यालयमा विभिन्न तालिमहरुमा तालिमरत प्रशिक्षार्थीहरुलाई निर्देशन गर्नु भएको हो ।


त्यस्तै विभिन्न गोष्ठीहरुलाई सम्बोधन गर्ने क्रममा थापा क्षेत्रीले विद्यमान समस्या र चुनौतीहरुको पहिचान गर्दै आगामी दिनमा सवलीकरण र सुदृढिकरण गर्नेतर्फ प्रहरी संगठन क्रियाशील रहनु पर्ने भन्दै आइरहनु भएको छ । त्यसो त साधारण जीवनशैलीमा उच्चतम सेवाको पालन प्रहरी भित्र कार्यन्वयन भएको छ त ? प्रश्न पनि खडा भएको छ ।
आईजीपी थापा क्षेत्रीका यी सान्र्दभिक भनाईसँगै हामी यहाँ एक घटना प्रस्तुत गरेका छौं । प्रहरी बृत कालीमाटीका प्रमुख डिएसपी अपील बोहोराको धम्कीले एक ब्यक्तीको निन्द्रा बिग्रिएको आज चार दिन भयो । डिएसपी अपील बोहोराले प्रहरी बृत कालीमाटी आएका एक ब्यक्तीलाई हप्की दप्की गरेसँगै आडैमा रहेका अन्य प्रहरी कर्मचारीहरु समेत आश्र्चय चकित परे ।
त्यसरी अनाहेकमा डिएसपी बोहोराको अपशब्द सहित गाली खाने ब्यक्ती थिए बल्खु फलफुल ब्यापारीे राजा गुप्ता । उक्त ब्यापारी गुप्तालाई हाकिमले नानाभाती सहित अपशब्द बोलेको सुन्ने र देख्ने प्रहरी कर्मचारी अगाडि जिब्रो टोक्न नसके पनि पछि लुकेर गुप्तालाई फोनगरि दुःख र चिन्ता ब्यक्त गरे । डिएसपी बोहोरा सापको बानी त्यस्तै छ सर के गर्ने ? उनीहरुले प्रकट गरेको सहानुभुतीले गुप्तालाई अझै पिडा बोध भयो ।
डिएसपी बोहोरोले धम्काएको अडियो र निबेदन सहित उनी जिल्ला प्रहरी परिसर टेकु पुगे । डिएसपी बोहोरोको उक्त अडियो भर्सनमा अत्यन्तै अपमान जनक भाषा प्रयोग भएको छ । जो रक्षक उही भक्षक भने झै गुप्तालाई प्रहरी वृत प्रमुखले थर्काए पछि तनावमा परेका हुन् ।
आफु माथी अन्याय भएको भन्दै उनी न्यायको खोजीमा भौतारिएका छन् । गुप्ताले परिसरमा दिएको निबेदन र अडियो भर्सनका बारेमा हामीले थप सुक्ष्म ढंगबाट अनुसन्धान गरिरहेका छौं,काठमाडौं परिसर प्रमुख एसएसपी अशोक सिंहले अभियान टाइम्स साप्ताहिक प्रतिनिधिसँगको कुराकानीमा बताए ।
बृत समालेका डिएसपी बोहोराले हात खुट्टा भाचिदिन्छु भनेपछि ती गुप्ता एसएसपी सिंहको शरणमा पुगेका हुन् ।
कालिमाटी प्रहरी बृतको नेतृत्वसँगै पटक पटक विवादमा तानिएका डिएसपी बोहोराको दादागीरिले सिमा नाघेपनि उनी माथी कुनै कारबाही हुन सकेको छैन् ।
फलफुल ब्यापारीे राजा गुप्ता यसो भन्छन्
म भारतिय नागरिक राजा गुप्ता हुँ । मैले लामो समयदेखि फलफुल पसल चलाउँदै आएको छु । मेरो काठमाडौं स्थित बल्खुमा फलफुल पसल छ ।
बच्चादेखि नेपालमै हुर्के बढे । नेपालमै बिबाह भयो । मेरो श्रीमती दई जिउकी छन् । काम ब्यावसाय पनि नेपालमै चलिरहेको छ । यती बेला मलाई प्रहरीकै थ्रेटले भोक न निन्द्रामा बनाइएको छ ।
कालीमाटी बृतका प्रमुख डिएसपी अपील बोहोराले अनाहेकमा धम्काएपछि निकै बिचलनमा परेको छु । केहि दिन अघि हामीसँगै फलफुलको ब्यापार गर्ने एक साथी हुण्डी कारोबारमा पक्राउ परे । पक्राउ पछि उहाँलाई औषधी दिनु लगिदिनु पर्यो भन्ने पारिवारिक र साथीहरुको आग्रहमा म कालिमाटी बृत पुगे ।
बृतमा पुगे लगत्तै डिएसपी अपिल सरलाई औषधीको बारेमा भन्न नपाउँदै उहाँले सँगै रहेका इस्पेक्टर,सई सहित प्रहरीकै अगाडि तथानाम गालि गलौज गर्नु भयो । अपशब्द पनि प्रयोग गर्नु भयो । एकाएक प्रहरीका हाकिमले धम्की शैलीमा हात,खुट्टा भाचिदिने भनेपछि मलाई निकै तनाब भएको छ । मैले कुनै अनैतिक काम गरेको छैन् ।
मैले आफु माथी अन्याय भएको कुरा उपत्यका प्रहरी कार्यलय रानीपोखरी प्रमुख एबं एआईजी हरि बहादुर पाललाई समेत जानकारी गराएँ । त्यसैगरि निबेदन र अडियो सहित प्रहरी परिसर टेकु प्रमुख एबं एसएसपी सिंहलाई सबै कुरा जानकारी गराएको छु । आशा छ मैले न्याय पाउने छु ।