स्वदेश फर्केका कामदारलाई भरिया बनाउँदै सुन तस्करी

काठमाडौं । खाडीका विभिन्न देशमा रहेका नेपाली दूतावासहरुले स्वदेश फर्किंदा सुनको भरिया नबन्न वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई आग्रह गरेको भएपनि सुन तस्करी गर्ने गिरोहले नयाँ शैली अपनाएर कामदारहरुलाई भरिया बनाउन छोडेका छैनन् ।

तस्करहरुले पछिल्ला दिनमा सुन तस्करहरुले परफ्युम, बच्चाको डाईपर, मोबाइलको ब्याट्रीको भित्री भागमा लुकाई स्वदेश फर्किने कामदारलाई बोकाएर नयाँ शैलीमा सुन तस्करी गराइरहेको विमानस्थलस्थित सुरक्षा स्रोतले बतायो ।

केही महिनाअघिसम्म खाडीका मुलुकमा रोजगारी गरी घर फर्किने कामदारहरुलाई केही रकम दिने प्रलोभनमा पारेर सुनको औंठी वा बाला दिएर विमानस्थलमा सम्पर्कमा आउने व्यक्तिलाई दिन भन्दै तस्करी गर्दै आएका छन् । प्रहरीले सानो परिमाणमा हुने सुन तस्करीको तरिका थाहा पाएपछि तस्करहरुले शैली परिवर्तन गरेको उक्त स्रोतले बतायो ।

विमानस्थल प्रहरीले मंसिरयता साढे तीन महिनाको अवधिमा मात्रै नयाँ शैलीमा तस्करी गरी ल्याएइएको चार किलो भन्दा बढी सुन बरामद गरेको बताएको छ । तस्करहरुले सोझा कामदारहरुलाई भरिया बनाएपछि कतारस्थित नेपाली दूतावासले सूचना जारी गर्दै कतारबाट नेपाल फर्किने कामदारहरुलाई नचिनेका व्यक्तिहरुले अनुरोध वा प्रलोभनमा परेर सुन लगायतका बहुमुल्य वस्तुहरुको भरिया बनाउने गरेको भन्दै सचेत रहन आग्रह गरेको थियो । शिक्षा र चेतनाका दृष्टिले कमजोर र न्यून आय भएका कामदारहरु सचेत हुन नसक्दा भरिया भई अनाहकमा जेलसमेत पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..