आठ लाख घुसको रकम फालेर गाउँपालिका अध्यक्ष फरार , सवारी चालक पक्राउ

धनुषा । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले लिएको ८ लाख रुपैयाँ घुस बाटामै फालेर फरार भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेको थाहा पाएपछि उनी उक्त घुस बाटामै फालेर फरार भएका छन् । राउत सवार गाडीका चालक वीरबहादुर मगर पक्राउ परेका छन् ।

वडाध्यक्ष राउत क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट टोली खटिई गएको थियो ।


अध्यक्ष राउत क्षेत्री उक्त गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्रदेश २–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्कर्पियो गाडीमा रु. ८ लाख अतिरिक्त रकम लिई भाग्ने क्रममा धनुषाको छिरेश्वर नगरपालिका वडा न ५ को बाटो हुँदै गएका थिए । अख्तियारको टोलीले उनको पिछा गर्न नछाडेपछि उनले उक्त ८ लाख घुसको रकम फ्याकी फरार भएका छन् ।

उनका सवारी चालक मगरलाई वटेश्वर वडा नं. ४ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।अख्तियारको टोलीले ८ लाख रुपैयाँ छिरेश्वर न.पा. वडा नं ५ को बाटो छेउको जमिनमा फालिएको अवस्थामा फेलापारी सोमबार सवारी चालकलाई र उक्त रकम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..