‘बच्चा अब पाउँदीन न्याय पाऔ,’ राउ अस्पताल लहानका डाक्टरविरुद्ध उजुरी

लहान । राउ स्मारक अस्पताल लहानलाई लापरवाही वा हेलचक्राई गरी इलाज गर्न नहुने कसुर अन्तरगत त्यस बखत कार्यरत डा.राहितकुमार साहविरुद्ध लहान ४ का रामचन्द्र गुप्ताले लहान प्रहरीमा उजुरी दिएका छन् । फागुन १२ गते गुप्ताका छोरा धिरज गुप्ताको दुर्घटना भएर उपचारको लागि राउ अस्पताल लग्दा उपचार नगरी रेफर गर्दा मृत्यू भएकोले साहविरुद्ध प्रहरीमा उजुरी दिएको हो ।


साईकल चढेर १४ बर्षीय धिरज विद्यालयबाट घर फर्किरहेको अवस्थामा लहान ३ कुशवाहा चौकमा ना.६ख. ४९४४ नम्बरको डब्बावाला ट्रकले ठक्कर दिँदा घाईते भएका थिए । ठक्कर लाग्दा धिरजको अण्डकोष फुटेर रक्तामय भएको थियो । उपचारको लागि राउ स्मारक अस्पतालमा करिब ४५ मिनेटसम्म राख्दा कुनै किसिमको उपचार नगरी घाईतेलाई रेफर गरेको रामचन्द्र गुप्ताको आरोप छ ।


गुप्ताले ‘अस्पतालमा डाक्टर साहको ड्युटी रहेकोले पटक पटक फोन गरे उहाँ आउँनु भएन ।’ ‘कुनै किसिमको उपचार नगरी पौन घण्टापछि स्वास्थ्यकर्मीमार्फत यहाँ उपचार सम्भव छैन भनी जानकारी पठाएको थियो ।’ ‘त्यस लगतै कन्डिसन विग्रिएको एम्बुलेन्समा धरान लैजानेक्रममा मृत्यू भएको हो ।’ ‘जहाँ मेरो छोरा लहान अस्पतालमा सबैसँग कुरा गर्थे ।’ ‘तर, लहान अस्पतालका डाक्टर आफ्नो निजी क्लिनिकबाट उपचार गर्न नआएकोले मेरो छोराले ज्यान त्याग गरे ।’ धिरजको लगातार रक्तश्राव भएकोले रोक्न कुनै किसिमको उपचार नगरेको मृत्यू भएको गुप्ताको दावी छ ।


डाक्टर साहको लापरवाहीले गर्दा समयमा उपचार नभएको भन्दै न्यायको लागि ईलाका प्रहरी कार्यालय लहानमा गुप्ताले उजुरी दिएको छ । ‘म आफ्नो बच्चा अब पाउँदीन, तर,न्याय पाऔ’ गुप्ताकी पत्नि कमला निरौला भनिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..