पश्चिम नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

  • उर्मिला यादव यात्री

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ६ मा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण आज मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । समृद्धि सामाजिक बिकास संस्था पश्चिम नवलपरासीको आयोजना तथा सरावल गाउपालिका वडा नम्बर ६ वडा कार्यालयको सहयोगमा आज एक सय जना किशोरीहरुलाइ महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम र सेनेटरी प्याड वितरण गरीएको हो ।

संस्थाका अध्यक्ष महेश यादवको अध्यक्षता तथा वडा अध्यक्ष कैलाश यादवको प्रमुख अथित्यतामा सरावल गाउँपालिका वडा नम्बर ६ मा रहेको महेन्द्र जनता माध्यमिक बिद्यालय गडौरी र जनता माध्यमिक बिद्यालय भुजहवामामा अध्ययनरत , किशोरीहरुलाई महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम र सेनेटरी प्याड वितरण गरीएको संस्थाका अध्यक्ष यादवले बताउनु भएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले महिनावारी भएको बेलामा किशोरीहरुलाई धेरै नै समस्या खेप्नु पर्ने भएको हुनाले उपयुक्त प्याडको आवश्कता समेत भएको बताउनु भएको छ । सो अवसरमा बाल्दै अध्यक्ष महेश यादवले किशोरीहरुलाई सरसफाइमा बिशेष ध्यान दिई पढाइलाई निरन्तर्ता दिदै महिनावारी आएको बेलामा धैर्य पुर्बक आफनो स्वास्थ्यको हेरचाह गर्नुपर्ने र प्याडको प्रयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।


कार्यक्रममा सरावल गाउपालिका वडा नं. ६ का वडा सदस्य बिन्दा देबि धोबि , अनन्ता देबि चौधरि , महेन्द्र जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरिपाल यादव , लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा महेन्द्र जनता माध्यमिक बिद्यालयका ५० जना किशोरीहरु र जनता माध्यमिक बिद्यालय भुजहवाका ५० जना किशोरीहरुलाई तालिम प्रदान र प्याड उपलब्ध गराईएको हो ।

सरावल गाउपालिका वडा नम्बर ५ को स्वास्थ चौकि अनमी सपना सुनारले कार्यक्रामको सहजीकरण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव संजय जयसवालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको त्यो अडान जस्को कारण आज कुँवर आइजिपी बने काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता..