विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली गठन


काठमाडाैं । सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली गठन गरिएको हो ।

सरकारी वार्ता टाेलीमा गृहमन्त्री बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहनुभएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको हाे । सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड ले नेतृत्व गर्नेभएका छन् ।

सरकार संगको वार्ताका लागि विप्लव समूहले प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । विप्लव समुहले पनि यसअघि वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति निकालेको थियो ।वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने विप्लव समूहको पहिलो सर्त रहेको स्रोतले जनाएको छ ।

साथै वार्ताका लागी प्रतिबन्ध फुकुवा, वार्ताको औपचारिक पत्र समेत समूहको माग रहेको नेकपा विप्लप समूह स्रोतले जनाएको छ ।सरकारले विप्लव समूह आपराधिक संगठन भएको ठहर भएको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध गरेको थियो । तर सत्तारुढ दल नेकपा आन्तरिक विवादमा रुमालिएर विभाजितको अवस्थामा पुगेपछि सरकारले विप्लव समूहलाइ वार्ताको माध्यमबाट मुलधारको राजनीतिमा ल्याउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..