विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली गठन


काठमाडाैं । सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली गठन गरिएको हो ।

सरकारी वार्ता टाेलीमा गृहमन्त्री बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहनुभएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको हाे । सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड ले नेतृत्व गर्नेभएका छन् ।

सरकार संगको वार्ताका लागि विप्लव समूहले प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । विप्लव समुहले पनि यसअघि वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति निकालेको थियो ।वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने विप्लव समूहको पहिलो सर्त रहेको स्रोतले जनाएको छ ।

साथै वार्ताका लागी प्रतिबन्ध फुकुवा, वार्ताको औपचारिक पत्र समेत समूहको माग रहेको नेकपा विप्लप समूह स्रोतले जनाएको छ ।सरकारले विप्लव समूह आपराधिक संगठन भएको ठहर भएको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध गरेको थियो । तर सत्तारुढ दल नेकपा आन्तरिक विवादमा रुमालिएर विभाजितको अवस्थामा पुगेपछि सरकारले विप्लव समूहलाइ वार्ताको माध्यमबाट मुलधारको राजनीतिमा ल्याउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..