प्रधानमन्त्री ओलीको स्टन्टले प्रहरीको मनोबल डाउन भएको छ – पूर्वडीआईजी खरेल

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा ,( ओली समुहका ) अध्यक्ष केपी शर्मा ओलीले आफु असुरक्षित भएको भनेर गरेको भाषणको सर्वत्र आलोचना भएको छ । आफ्नो व्यक्तिगत फाइदाका लागि जथाभावी बोल्दा यसले देशलाई भने ठूलो घाटा हुने सुरक्षाविद्हरुले बताएका छन् । लोकप्रियता गुम्दै गएपछि सहानुभुती बटुल्न उनले यस्तो ‘स्टन्ट’ गरेको धेरैको आँकलन छ । यसले सुरक्षा निकायको मनोबल खस्कने पूर्व डिआइजी रमेश खरेल बताउँछन् ।

उनी भन्छन्-

प्रधानमन्त्रीको कुरा सुन्दा उहाँलाई मनको बाघले खाएजस्तो लाग्यो । विश्वास गरेर जनताले जिम्मेवारी दिँदा केही गर्न नसकेपछि उहाँले यस्तो बोल्नुभएको हुनुपर्छ । राष्ट्रप्रतिको बेइमानी, भ्रष्टाचारीहरूको संरक्षण, बिचौलियासँग साँठगाँठ र आफ्नो कुर्सीका लागि देशलाई बन्धक बनाउने मान्छेलाई मनको बाघले खान्छ । पूर्वसुरक्षाकर्मी र एउटा नागरिकको हिसाबले म उहाँलाई त्यस्तो ठूलो सुरक्षा थ्रेट केही पनि देख्दिनँ ।

आफ्नै बेइमानी, आफ्नै कुकर्म, भ्रष्टाचारको संरक्षण र भागबन्डाजस्ता कामले गर्दा उहाँलाई मनको बाघले खाएको हो, अरू केही पनि होइन । अर्काे कुरा, प्रधानमन्त्रीले यस्तो भन्दै हिँड्ने पनि होइन । यस्ता कुराले सुरक्षा निकायमा ठूलो असर पर्छ । उनीहरूको पूरै ‘मोरल डाउन’ हुन्छ । सुरक्षाकर्मी त निकम्मा रहेछन् भन्ने सन्देश जान्छ ।

मनोवैज्ञानिक रूपमा तीन करोड नेपालीले त असुरक्षित महसुस गर्ने नै भए, विदेशीलाई समेत त्यसको असर पर्छ । देशकै प्रधानमन्त्रीले नै सुरक्षित छैन भन्छन् भने त्यो देश त असुरक्षित रहेछ, त्यस्तो देशमा किन जाने भन्ने हुन्छ । त्यसकारण प्रधानमन्त्रीले यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनुहँुदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..