मोरङमा सेनिटाइजर पीउँदा दुईजनाको मृत्यु

विराटनगर । सेनिटाइजरको सेवनबाट मोरङमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैले पारिवारिक विवादका कारण सेनिटाइजर सेवन गरेका कारण मृत्यु भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल र अर्की झापा घर भई विराटनगर महानगरपालिका–१७ बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरी रहेको प्रहरीको भनाइ छ ।


मण्डल र गिरीको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा सोमबार नै मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेको प्रहरी अनुशन्धानबाट खुलेको छ ।


त्यस्तैगरी मृतक अर्की गिरीले पनि पारिवारिक विवादपछि मदिरा सेवन गरेर मातेको अवस्थामा राति सेनिटाइजरलाई मदिरा सम्झेर पीएपछि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको मोरङ प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..